चितवन मेडिकल कलेजमा कोरोना संक्रमित महिलाको मृत्यु
चितवन : कोरोना संक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत हेटौडा उपमहानगरपालिका ११ की ५२ वर्षीया महिलाको ज्यान गएको छ । उनमा श्वासप्रश्वासमा समस्या आएको थियो । भाद्र ११ गते उनको कोरोना पुष्टि भएको थियो ।
शुक्रबार दिउँसो दुई बजेतिर उनको निधन भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए । योसहित चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।