विराटनगरमा थप एक संक्रमितको मृत्यु
विराटनगर : विराटनगरमा थप एक जना कोरोना संक्रमितको मृत्यू भएको छ। शनिबार बिहान ११ बजे कोशी अस्पतालको आइसोलेसनबाट रिफर गरिएका मोरङ धनपालथान गाउँपालिकाका ५२ वर्षीय पुरूषको कोभिड उपचार केन्द्रमा मृत्यु भएको हो।
स्वासप्रश्वासमा समस्या भएपछि कोशी अस्पतालको आइसोलेनमा भर्ना गरिएका उनलाई शुक्रबार राति कोभिड अस्पतालमा लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका फिजिसियन डा. लक्ष्मीनारयण यादवले जानकारी दिए।
मृतकको स्वाब परीक्षण गर्दा शनिबार नै कोरोना संक्रमण पुष्टि भएको थियो। हालसम्म कोरोनाको कारण मोरङमा मृत्यु हुनेको संख्या १९ पुगेको छ। शुक्रबार साँझ मात्र विराटनगरका २ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो।
एक जनाको कोशी अस्पतालको आइसोलेसनमा र एक जनाको बीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। प्रदेश १ मा हालसम्म कोरोनाबाट ३८ जनाले ज्यान गुमाएका छन्। जसमध्ये १२ जना प्रदेश २ का छन्।