कोरोनाले जनकपुरमा ग्यास व्यवसायीको मृत्यु

कोरोनाले जनकपुरमा ग्यास व्यवसायीको मृत्यु

जनकपुरधाम : सिरहाका कोरोना संक्रमितको धनुषामा मृत्यु भएको छ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेशनमा भर्ना भएका कोरोना संक्रमितको पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका- ५ का ६२ वर्षीय पुरुष रहेका छन् ।

मधुमेह र उच्च रक्तचापका बिरामी रहेका उक्त पुरुषलाई चार/पाँच दिनदेखि ज्वरोसहित टाउको दुखाईको समस्याबाट पीडित थिए । पहिला घरमै चिकित्सकको परामर्शमा उपचार गर्दा निको नभएपछि शनिबार सिरहा कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हा पुगेका थिए ।

कर्जन्हामा पीसीआर परीक्षणका लागि स्वाब लिएर प्रयोगशाला पठाउँदा रिपोर्ट कोरोना पोजिटिभ आएको थियो । ईलाका प्रहरी कार्यालय मिर्चैयामा ग्यास लगायत अन्य जेनरल स्टोर्सका सरसामानहरु राखेर व्यापार–व्यवसाय सञ्चालन गर्दै आएका थिए । संक्रमित उपचारको क्रममा आइतबार राति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.