आवास कम्पनीको जग्गामा नगरपालिकाको हस्तक्षेप

आवास कम्पनीको जग्गामा नगरपालिकाको हस्तक्षेप

परासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकास्थित राष्ट्रिय आवास कम्पनी लिमिटेडको जग्गामा नगरपालिकाले हस्तक्षेप गरेको छ । राजमार्ग छेउमै रहेको चिसापानीस्थित कम्पनीको नाउँमा रहेको ८ बिगाहा २ कट्ठा १२ धुर जग्गामा हस्तक्षेपगर्दै अहिले नगरपालिकाले आइसोलेसन सेन्टर निर्माण गरिरहेको छ । 

कम्पनीको सहमतिबिनै आइसोलेसन निर्माण गरिएको हो । सोही जग्गामा चिसापानी सरकारी अस्पतालको भवन निर्माण स्थलको नाउँ राखेर बोर्ड समेत गाडिएको छ । उक्त बोर्ड केही महिनाअघि स्थानीयले गाडेका हुन् । 

कम्पनीले केही वर्षअघिबाट उक्त जग्गा बिक्रीका लागि प्रक्रिया अघि बढाएदेखि नै नगर क्षेत्रका राजनीतिक दल र स्थानीयले बिरोध गर्दै आएका छन् । पछिल्लो पटक उक्त जग्गा कम्पनीले बिक्री गर्न लागेको भन्दै सामाजिक सञ्जालसहित जिल्लामा ठूलै चर्चा हुन थालेपछि उनीहरुले सार्वजनिक प्रयोगमा ल्याउन मागसमेत गरेका छन् । 

कम्पनीको सहमति बिना नै आइसोलेसन निर्माण गरिएको नगर प्रमुख धीरज शर्मा बस्यालले स्विकार गरे । 'तत्काललाई कोरोना संक्रमणका बिरामीलाई राख्न आइसोलेसन आवश्यक भएकाले कम्पनीको सहमति नलिई अस्थायी संरचना निर्माण गरिएको हो । त्यसलाई बलमिच्चाई भनेर बुझे पनि भो, आवश्यकतालाई बुझे पनि भो, 'नगर प्रमुख बस्यालले भने ।

विगतदेखि नै यहाँका राजनीतिक दल र नागरिक स्तरबाट उक्त जग्गा दिव्यज्योती बहुमुखी क्याम्पस, चिसापानी अस्पताल र त्यहाँ बसोबासगर्दै आएका सुकुम्बासीहरुलाई वितरण गर्नुपर्ने माग गरिएको नगर प्रमुख बस्यालले बताए । जग्गा नहुँदा सरकारी अस्पताल भाडामा सञ्चालनमा छ । 'कम्पनीले जग्गा बिक्री नगरी अस्पताल, क्याम्पस र सुकुम्बासीहरुलाई वितरण गरेपछि बाँकी रहेको जग्गा स्थानीय तहको मातहतमा आउनु पर्छ भनेर नगर सभाबाट समेत निर्णय गरेका छौं । त्यसका लागि शहरी विकास मन्त्रालयमा पनि पत्रचार गरेका छौं,' नगर प्रमुख बस्यालले भने । कुनै पनि हालतमा उक्त जग्गा बिक्री हुन नदिने नगर प्रमुख बस्यालको अडान छ ।

एक वर्षअघि उक्त जग्गा बिक्रीका लागि कम्पनीले टेण्डर आव्हान गरेको थियो । तर स्थानीयले बिरोध गरेपछि बिक्री हुन सकेको छैन ।उक्त जग्गा अहिलेसम्म कसैलाई बिक्री नगरिएको र प्रक्रिया पनि अघि नबढाइएको कम्पनीका योजना कार्यालय बर्दघाटका प्रमुख महेन्द्र श्रेष्ठले बताए । उनले नगरपालिकाले सहमति बिनै संरचना निर्माण गरेको बताए ।

सरकारी स्वामित्वमा रहेको कम्पनीले लामो समयदेखि सार्वजनिक जग्गामा अव्यवस्थित रुपमा बसोबास गर्दै आएकाहरुलाई नगरपालिकाको सिफारिसमा जग्गा बिक्री गर्दै आएको छ ।  साविकका पञ्चनगर, दाउन्नेदेवी र माकरमा रहेका सरकारी जग्गालाई प्लटिङसमेत गरेर अव्यवस्थित बसोबास गर्नेलाई बिक्री गर्ने गरेको कार्यालय प्रमुख श्रेष्ठले बताए । 'स्थानीय तहहले आफ्नो मातहतमा ल्याउन माग गरेको छ । जिल्लाबाट दिन सकिने कुरा भएन । माथिबाट निर्णय गरेर ल्याए हामीले रोक्न सक्ने कुरा पनि भएन,' कार्यालय प्रमुख श्रेष्ठले भने । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.