कार्यालय प्रमुखसहित २० जना प्रहरीलाई कोरोना संक्रमण

कार्यालय प्रमुखसहित २० जना प्रहरीलाई कोरोना संक्रमण

रौतहट : इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटमा कार्यरत २० जना प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गएको शुक्रबार संकलन गरिएको स्वाबको पीसीआर रिर्पोट बुधबार आएको हो ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपीसहित २० जना प्रहरीमा संक्रमण देखिएको हो । डीएसपी हेमबहादुर शाहीले आफूसहित कार्यालयका २० जना प्रहरीमा संक्रमण देखिएको सामाजिक संजालमा लेखेका छन् ।

कोराना संक्रमित प्रहरीहरुलाई होम आइसोलेसन तथा चन्द्रपुर नपा २ मा रहेको आइसोलेसनमा राखिने बताइएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत प्रहरी र केही स्थानिय गरी शुक्रवार ४१ जनाको स्वाव संकलन गरीएको थियो ।

स्वाब संकलन गरिएका ४१ जनामध्ये २० जना प्रहरी र अन्य सर्वसाधारण ८ जनाको रिर्पोट पोजिटिभ आएको चन्द्रनिगाहपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मात्रिका चालिसेले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.