सुरु भयो जितिया

सुरु भयो जितिया

विराटनगर :‘जितिया पावनी बड भारी, धियापुता केँ ठोकी सुतेलनी अपने खएलनी भरी थारी’ मैथिली भाषाको यो कथन मिथिलाञ्चलमा निकै लोकप्रिय छ। यसको अर्थ हो, ‘जितिया पर्व गर्न एकदमै गाह्रो छ, बालबच्चा सुताएर व्रतालुले थालभरि खान्छन्।’

जितिया पर्वसँग जोडिएको यो कथनबाट दुईवटा भाव आउँछ, एउटा यो पर्व एकदमै गाह्रो छ र अर्को व्रतालुले थालभरि खान्छिन्। दुईखाले भाव झल्काउने यो कथनको जितिया पर्वसँग ठूलै सम्बन्ध छ। जितिया पर्वबारे भविष्य पुराणमा पनि वर्णन गरिएको छ।

आश्विन कृष्णपक्ष अष्टमीमा उपवास बस्ने र तिथि परिवर्तन भएपछि ‘पारणा’ अर्थात् व्रत विधिवत् समापन गरिन्छ। मिथिलाञ्चलमा यो व्रत गर्नेहरू एक दिनअघिदेखि ‘सधवा’ अर्थात् ( श्रीमान् जीवितै रहेका महिला) ले ‘माछ–मडुवा’ (माछा र कोदो) खाने चलन छ भने विधवाले ‘अर्बा–अर्वाइन’ खाने चलन छ। जितिया व्रत सुरु हुनुअघि र अष्टमी तिथि सुरुभन्दा पहिले चुडा दही खाने चलन छ, जसलाई मैथिलीमा ‘ओठगन’ भनिन्छ।

पानीसम्म नखाई निराहार व्रत बस्नुपर्ने भएकोले जितिया पर्व गर्न गाह्रो छ र दुई दिनसम्म उपवास बस्नुपर्ने भएकोले अष्टमी तिथि सुरु हुनुअघि दही च्युरा टन्न खानुलाई मैथिली कथनले जोडेको छ। प्रायः अष्टमी तिथिको सुरुआत बिहान ३–४ बजेपछि हुन्छ र त्यतिबेला बालबच्चा सुतिरहेका हुन्छन्। त्यसैले मैथिलीमा भनिएको हो, ‘जितिया पावनी बड भारी, धियापुता केँ ठोकी सुतेलनी अपने खएलनी भरी थारी’।

निराहार बस्ने यो व्रतमा अष्टमी तिथिको सुरुआतसँगै व्रतालुहरू पोखरी, नदी तथा जलाशयमा स्नान गरी पूर्वतिर फर्केर तामाको अर्घामा सूर्यलाई अर्घ दिन्छन् र तेल तथा पिना चढाउँछन्। योसँगै तेल र पिना आफ्नो पुत्रको टाउकोमा लगाइदिने प्रचलन छ।

पुत्रको दीर्घायुको कामनाका साथ महिलाले गाईको गोबरले आँगन लिपेर पवित्र पारी शालिवाहन राजाका पुत्र जिमुतवाहन कुशको प्रतिमा बनाएर कलशको जल स्थापना गरी चारैतिर सुसज्जित पारेर पोखरी निर्माण गर्छन्।

त्यसपछि ‘पाकैर’ अर्थात् पाकरी रूखको हाँगा ल्याइन्छ। त्यसलाई रोपेर माटोको ‘चिल्होरी’ अर्थात् बाझको आकृति बनाइन्छ। अनि तल ‘गिदरनी’ को आकृति बनाएर दुवैको टाउकोमा सिन्दूर लगाई फूलमाला, अक्षता, धूपदीप, नैवेद्यसहित बाँसको पात राखी पूजा गरिन्छ। यसो गर्नाले वंशको वृद्धि हुन्छ र पुत्र ग्रह, चक्रबाट मुक्ति मिल्ने जनविश्वास छ। यसैगरी जितिया व्रतको पहिलो दिन व्रतालु महिलाले जिमुतवाहनको कथा सुन्ने र कथा वाचन गर्नेलाई दक्षिणा दिने चलन छ। यसपालि बुधबार राति ओटघन गर्ने तिथि छ। विगत केही वर्षदेखि मधेसमा जितिया पर्वअगावै नै विविध सांस्कृतिक कार्यक्रम गरी मनाउन थालिएको थियो। तर यसपालि कोरोना संक्रमणले सबै कार्यक्रम रोकिएका छन्। महिलाले बिहीबार निराधार गरेर शुक्रबार मात्र व्रत तोडिने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.