कोरोनाले विराटनगरका एक पुरुषको मृत्यु
विराटनगर : विराटनगरमा कोरोना संक्रमित थप एक व्यक्तिको मृत्यु भएको छ। शनिबार दिउँसो विराटनगर स्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत विराटनगर ८ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो।
उनलाई भदौ २२ मा कोरोना संक्रमण पुष्टि भएको थियो। जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार शनिबार दिउँसो १२:३० बजे ती पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। मृतक पुरुषमा सुगर र प्रेसरको समस्या समेत रहेको बस्नेतले जानकारी दिए।
योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या १७ पुगेको छ।
प्रतिक्रिया दिनुहोस !
१