चितवनमा करेन्ट लागेर दुई सैनिकको मृत्यु

चितवनमा करेन्ट लागेर दुई सैनिकको मृत्यु

चितवन : शनिबार चितवनमा दुई सैनिकको मृत्यु भएको छ। चितवनको शक्तिखोरमा रहेको सिंहनाथ गणमा कार्यरत दुई सैनिक जवानको करेन्ट लागेर मृत्यु भएको हो। 

रुखको हाँगा काट्न चढ्दा प्रयोग गरिएको भर्याङ चिप्लिएर तारमा ठोक्किन पुग्दा भर्याङ समाउने सुवेदार राजुबाबु श्रेष्ठ र सैनिक जवान साजन कुमालको मृत्यु भएको चितव प्रहरीका प्रवक्ता सूर्य थापाले जानकारी दिए। 

प्रवक्ता थापाका अनुसार सुवेदार श्रेष्ठको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो भने सैनिक जवना कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। 

दुवै जना सैनिक गोरखाका हुन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.