निषेधाज्ञाको अवज्ञा गर्दै परासीमा राजनीतिक दलहरुको नारा जुलुस

निषेधाज्ञाको अवज्ञा गर्दै परासीमा राजनीतिक दलहरुको नारा जुलुस

परासी : पश्चिम नवलपरासी जिल्लामा हरेक दिन कोरोना संक्रमणका बिरामी बढ्दै छन्। संक्रमितहरु बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले दलहरुकै सहमतिमा निषेधाज्ञा जारी गरेको छ। तर जिल्लास्थित राजनीतिक दलहरुले भने संक्रमणको बेवास्ता गर्दै हरेक दिनजसो ३-४ सयको संख्यामा सदरमुकाम परासीमा नारा जुलुस गर्दै आइरहेका छन्। 

नेपाली कांग्रेसका जिल्ला उपभासभापति ३८ वर्षीय सुवाचन्द्र गिरीको मृत्यु शंकास्पद भएको जनाउँदै उनीहरुले प्रदर्शन गर्दै आएका हुन्। परासीका व्यवसायी समेत रहेका गिरीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा पित्तथैलीको अपरेशन गरिएको थियो। अपरेशनपछि कोराना संक्रमण देखिएका उनको उपचारका क्रममा भदौ १ गते पाटन अस्पतालमा मृत्यु भएको थियो। 

सोही घटनाको छानविनको माग गर्दै सर्वदलीय संयन्त्र गठन गरेर उनीहरुले प्रदर्शन गर्दै आएका छन्। सर्वदलीयको सुझावका आधारमा जिल्लाका प्रशासन र स्थानीय तहहरुले भेला, जमघट र भिडभाडलाई पूर्ण प्रतिबन्ध लगाउँदै निषेधाज्ञा जारी गरे पनि दलले नै अवज्ञा गरेर जुलुस प्रदर्शन गरेकोमा प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले आश्चर्य व्यक्त गरे। दलहरुको मागका बारेमा सम्बन्धित निकायमा जानकारी गराएको उनले बताए। 

जुलुसमा नेपाल कम्यूनिष्ट पार्टी(नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, स्वतन्त्र राजनीतिक समूह, नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता थियो। जुलुस प्रर्दशनपछि बुद्धचोकमा आयोजित कोणसभामा बोल्ने जिल्ला नेताहरु र कार्यकर्ताहरुले घटनाको छानविन गरेर दोषीलाई कारबाही नगरे शसक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए। 

जिल्लामा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ। ३ सय ५३ जना संक्रमित छन्। अहिले पनि १ सय ५० बढी संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.