बँदेल मार्न आफैंले थापेको पासोमा परी मृत्यु

बँदेल मार्न आफैंले थापेको पासोमा परी मृत्यु

परासी : बँदेल मार्न आफैंले थापेको पासोमा परी पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१४ पर्सावलमा एक जनाको मृत्यु भएको छ। बँदेल मार्न घर नजिकैको जंगलमा घेरिएको तारमा ५ जना मिलेर करेन्टको पासो थापेका थिए। तीमध्ये ४५ वर्षीय ओमनारायण यादवको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजु लामाले बताए। 

सँगै गएका साथीको मृत्यु भएपछि हतास बनेका अन्य ४ जनाले यादवको शव नजिकैको कुलोमा गाडेका थिए। शुक्रबार रातिसँगै गएका साथी फर्के पनि यादव नफर्केपछि परिवारले उनको खोजी गर्दा गाडिएको अवस्थामा शव फेला परेको हो। 

शव गाडेर फरार रहेका मध्ये २ जनालाई रुपन्देहीबाट पक्राउ गरिएको डिएसपी लामाले बताए। अन्यको खोजी कार्य भइरहेको छ। पक्राउ परेकासँग गरिएको सोधपुछका क्रममा आफूहरु फसिने डरले साथीलाई गाडेको बयान दिएको प्रहरीले जनाएको छ। ‘घटना र बयानका आधारमा भवितव्य जस्तै देखिन्छ। अन्य अनुसन्धान भइरहेको र त्यसपछि मात्र कुन मुद्दा चलाउने बारे यकिन हुन्छ’, डिएसपी लामाले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.