महासंघको निर्वाचन अनिश्चित

महासंघको निर्वाचन अनिश्चित

काठमाडौं : कोरोना भाइरसका कारण नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अनिश्चित भएको छ। गत चैतमै हुनुपर्ने निर्वाचन कोरोनका कारण रोकिएको थियो।

पछिल्लो समयमा सरकारले निषेधाज्ञा खुकुलो बनाए पनि कोरोनाको जोखिम उत्तिकै छ। बढ्दो जोखिमसँगै महासंघको निर्वाचन अनिश्चित बन्दै गएको हो। सरकारले सभा, सम्मेलन, पार्टी र भोज गर्न बन्देज कायम गरेसँगै साउन २६ र २७ मा तय भएको निर्वाचन अनिश्चितकालका लागि रोकिएको छ।

निर्वाचन कहिले र कसरी गर्ने भन्ने विषयमा महासंघले पदाधिकारी तथा कार्यसमितिको बैठक डाकिसकेको छैन। यद्यपी, कोरोनाको जोखिम हेरेर बैठक बस्न सक्ने पदाधिकारी बताउँछन्।

महासंघको ५४औं वार्षिक साधारण सभा र निर्वाचनको कार्य सञ्चालन गर्न महासंघले एक उपसमिति गठन गरेको थियो। समितिले ढाँचा तथा प्रक्रिया तयार गरी केही दिनअघि महासंघका अध्यक्ष भवानी राणालाई प्रतिवेदन पेस गरिसकेको छ।

वार्षिक साधारण सभाको समुद्घाटन, बन्दसत्र र समापन कार्यक्रम भर्चुअल (जुम) मार्फत गर्न सुझाइएको छ। स्वास्थ्यका सबै प्रोटोकल एवं सरकारका स्वास्थ्य निर्देशन पालना गरी तीनवटा मोडेलमा निर्वाचन गर्न सकिने उक्त समितिले दिएको छ।

सबै क्षेत्र (जिल्ला र नगर, वस्तुगत, द्विर्राष्ट्रिय, एसोसिएट) को प्रत्यक्ष काठमाडौंमा निर्वाचन गर्न सुझाइएको छ। यस्तै जिल्ला र नगर क्षेत्रको सम्बन्धित प्रदेशमा र वस्तुगत, एसोसिएटको काठमाडौंमा निर्वाचन गर्न सकिने प्रतिवेदनमा उल्लेख छ। समितिले कम्प्युटराइजर (ई–भोटिङ) मार्फत पनि निर्वाचन गर्न सकिने सुझाएको छ।

महासंघ एसोसिएट क्षेत्रका सदस्य भरतराज आर्चायले ईभोटिङबाट निर्वाचन गर्न सकिने सुझाए पनि सुरक्षा र विश्वसनीयतामा विश्वस्त हुन नसकिएको बताए। ‘अहिलेको चिनारी हेर्दा मंसिर ५ भन्दाअघि निर्वाचन गर्न सकिने अवस्था छैन’, उनले भने,‘छठ पर्वपछि नै होला।’

महासंघले निर्वाचनको मोडालिटी तय गर्न साउन २१ गते ६ सदस्य सम्मिलित समिति गठन गरेको थियो। समितिले सरकारी निकाय, स्वास्थ्यसम्बन्धी विज्ञका साथै सरोकारवालासँग छलफल गरी प्रतिवेदन पेस गरेको हो।

समितिमा जिल्ला र नगर उद्योग वाणिज्य संघ क्षेत्रबाट अरूणराज सुमार्गी र डीबी बस्नेत, वस्तुगत क्षेत्रबाट ई. विनोद ढकाल र सुनिल गोपाल श्रेष्ठ र एसोसिएट क्षेत्रबाट भरतराज आचार्य र रंजितराज आचार्य संलग्न थिए।

महासंघमा जिल्ला र नगरको ५० प्रतिशत, एसोसिएटको ३० प्रतिशत र वस्तुगको २० प्रतिभ भोटिङ अधिकार हुन्छ। जिल्ला र नगरमा एक उपाध्यक्षसहित २६ जना, एसोसिएटमा एक उपाध्याक्षसहित १८ जना, वस्तुगतमा एक उपाध्यक्षसहित १४ जना निर्वाचित हुन्छन्। जिल्ला र नगरमा एक सय ६, वस्तुगतमा एक सय एक र एसोसिएटमा आठ सय जना मतदाता छन्।

जिल्ला तथा नगर सदस्य डीबी बस्नेतले समितिले ईभोटिङलाई प्राथमिकता दिएको बताए। ‘काठमाडौंमा कोरोना महामारी बढिरहेकाले तत्काल निर्वाचन असम्भव देखिन्छ’, उनले भने, ‘ईभोटिङ गर्ने उत्तम विधि हो। यसमा सहमति हुन नसके अहिलेकै कार्यसमितिको एक वर्ष म्याद थप्ने हो।’ पदाधिकारीले चाहेमा ईभोटिङ जहिले पनि गर्न सकिने उनको भनाइ छ।

महासंघको ५४औं वार्षिक साधारणसभाले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्वमा नयाँ नेतृत्व चयन गर्दै छ। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने प्रावधान छ। वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रिएका छन्। उनीहरुले प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिए पनि कोरोनाका कारण चुनावी सभा गर्न पाएका छैनन्। यद्यपि, उम्मेदवारले विभिन्न माध्यमबाट सम्पर्क बढाएर मतदाता रिझाउन क्रियाशील देखिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.