‘ट्रेलर कट्’ का जादुगर

‘ट्रेलर कट्’ का जादुगर

काठमाडौं : साहिल खान नेपाली सिनेमा बजारको त्यो नाम हो जसले तयार गरेको कुनै फिल्मको प्रोमोले मिलियन भ्युज नपाएको होस्। उनले आजसम्म जति पनि फिल्मको प्रोमो काटे ती सबैले वाहवाही नै कमाए चाहे फिल्म व्यावसायिक रूपमा असफल नै भएको किन नहोस्। परम्परागत नेपाली फिल्मलाई मोडर्न टचसहित पस्कन सिपालु चलचित्र सम्पादकका रूपमा ग्ल्यामर उद्योगमा उदाएका यी युवाले देखाएको कामले धेरैमा आशाको किरण जगाएको छ।

साहिलले आजसम्म जति पनि फिल्ममा काम गरे प्रायः सबैले फिल्म उद्योगमा एउटा मानकको काम गरे। नवलपरासीमा सन् १९८७ मा जन्मेका उनी पढाइ सकेर यो क्षेत्रमा प्रवेश गरेका हुन्। उनले कार्य सम्पादनको छोटो समयमै आफ्नो सम्पादन कौशल देखाएर एलजी सिने अवार्ड, बक्स अफिस फिल्म फेयर अवार्डलगायतका पुरस्कार पोल्टामा पारेका छन्।

इलेक्ट्रिकल इन्जिनियर बाबुका छोरा साहिलको ध्यान भने पारिवारिक पृष्ठभूमिभन्दा नितान्त फरक विषयमा गयो। फिल्म सम्पादकको रूपमा करिअर अघि बढाउने भूत सवार भएपछि उनी ताल म्युजिकका अध्यक्ष अस्लम खानको मातहतमा अध्ययन गर्न काठमाडौं हानिए। चार वर्षसम्म सहायक सम्पादकका रूपमा काम गरेपछि उनले आफ्नो व्यक्तिगत काम देखाउने मौका भने २०१२ मा आएर पाए। सुरज सुब्बाको निर्देशनमा बनेको फिल्म फेसबुकमा उनले गरेको कामले निकै प्रशंसा पायो। परम्परागत नेपाली फिल्मलाई बलिउड र हलिउडको फ्लेभरमा सम्पादन गर्ने साहिलले २०१६ मा भुवन केसीले निर्माण गरेको फिल्म ड्रिम्सबाट भने निकै उचाइ पाए। अनमोल केसी र साम्रज्ञी राज्यलक्ष्मी शाह अभिनीत यो फिल्मले व्यावसायिक रूपमा सफलता पायो नै यसको प्रोमोले नेपाली सिनेमा बजारमा रेकर्ड कायम गर्‍यो। उनले आफ्नै कम्पनी ‘मुभी फ्याक्ट्री’ मा तयार भएको ड्रिम्स सिनेमा बजारमा कोसेढुंगा नै साबित भयो। नेपाली फिल्म उद्योगमा लामो सिरिजको इतिहास बनाएको नाइँ नभन्नु लको दोस्रो सिरिजमा साहिलले अर्को कला देखाए जसले ५१ दिनको रेकर्ड कायम गर्‍यो। आफ्नो अभिनय यात्राको दो स्रो इनिङका रूपमा बलिउड फर्केका नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म भैरवले उनलाई एलजी फिल्म अवार्ड नै दिलायो।

फिल्मको ट्रेलर इडिटिङमा नयाँ शैली भिœयाएका उनले काम गरेको ए मेरो हजुरका २ र ३ भागलाई दर्शकले निकै मन पराए। अहिले उनी ए मेरो हजुर–४ मा व्यस्त छन्। २५ भन्दा बढी नेपाली फिल्मको सफल सम्पादकको परिचय बनाएका उनले अहिलेसम्म सयभन्दा बढी फिल्मको सुपर हिट ट्रेलर निर्माण गरेका छन्। उनले फिल्म के म तिम्रो होइन रबाट उत्कृष्ट ट्रेलर एडिटरको पुरस्कार प्राप्त गरेका छन्। उनका म यस्तो गीत गाउँछु–२, प्रेम गीत–३ लगायतका बहुप्रतीक्षित फिल्म आउन बाँकी छन्। निर्देशन र अभिनयमा पनि हात हालेका उनले निर्देशन गरेको फिल्म लभ डायरिज २०२० हो। उनले केही फिल्ममा अभिनय पनि गरेका छन्। सफलताको छोटो समयमै महँगा सम्पादकका रूपमा उदाएका साहिल आफूलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित बनाउने ध्याउन्न पनि लागेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.