नारायणीमा डुंगा पल्टिंदा एक जना बेपत्ता

नारायणीमा डुंगा पल्टिंदा एक जना बेपत्ता

परासी : नारायणी नदीमा डुंगा पल्टिंदा बुधबार एक जना बेपत्ता भएका छन्। इँटा लोड गरे जाँदै गरेको डुंगामा ७ जना सवार थिए। अन्य ६ जना पौडिएर बाँच्न सफल भएका छन्। 

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ सुस्ता गाउँमा जनता आवास कार्यक्रम अन्तरगत घरहरु निर्माण भइरहेका छन्। सोही घर निर्माणका लागि पक्लिहवाबाट ल्याएको इँटा लोड गरेर लैजाने क्रममा बीच नदीमा डुंगा डुब्दा घटना भएको स्थानीय रविन्द्र जयसवालले बताए। डुंगामा करिब १४ सय इँटा लोड गरिएको थियो। 

पुल निर्माणका क्रममा नदीमा बनाइएको पिलर नजिक परेको पानीको भूँमरीमा गडेर डुंगा पल्टिएको रामनगर प्रहरी चौकीका सहायक निरीक्षक जनक थापाले बताए। बेपत्ता हुने घर निर्माणका लागि आएका भारतीय मजदुर हुन्। उनको खोजी कार्य भइरहेको थापाले बताए।  

नारायणी नदीमा पुल नहुँदा सुस्ताका स्थानीय जोखिम मोलेर डुंगाबाट आवतजावत गर्दछन्। डुंगा चल्न नसक्ने अवस्थामा दैनिक किनमेल र अन्य कामका लागि स्थानीयलाई आफ्नै देश आउन भारतीय बाटो हुँदै आउनु पर्ने बाध्यता छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.