तटीय क्षेत्रका नागरिकलाई बाढी पूर्वसूचना

तटीय क्षेत्रका नागरिकलाई बाढी पूर्वसूचना

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचिलाका रामजन चौधरीलाई सोमबार बिहान ३ बजे मोबाइलमा बजेको एसएमसएको घण्डीले आँखा खुलाउँदा रिस उठेको थियो ।

रिसकै झोकमा उठेर मोवाइल हेर्दा वर्षा र बाढीको सूचनाले उठेको रिस शान्त बनायो । उनले रातिनै सबै परिवारलाई त्यो खवर सुनाए । सबैजना सुरक्षित हुने तर्फ लागे । उनी बबई नदीको तटीय क्षेत्रको बस्तीमा बस्छन् । 

रातमा आएको एसएमसले सबैलाई सचेत बनाएको छ । सबै जना पूर्वसूचना प्रमाणीमार्फत आएको पहिलो सूचनालाई आधार बनाएर सुरक्षित हुने तर्फ लागे । बिहानसम्म पनि पानीको वहाब नघटेपछि सुरक्षित स्थानको समेत खोजी गरि सुरक्षाको बन्दोबस्तोको तयारी गरियो । बिहान ५ बजेपछि केहीकमी भएसँगै सबै सुरक्षित भएको महसुस गरे । 

दाङ जिल्लाको बबई नदी तटीय क्षेत्रमा आइतबार रातिदेखि सोमबार बिहानसम्म अविरल वर्ष भयो । एक घण्टामा दुई सय मिलिटिरसम्ममा वर्षा भएपछि सोमबार बिहान साढे ३ बजे बबई तटीय क्षेत्र र त्यस आसपासमा नागरिकलाईलाई सचेत गराउन तथा बाढी र पानीको अबस्थाको वारेमा पूर्वजानकारी दिन म्यासेज पठाउदै नागरिकलाई जानकारी दिइयो ।

२०७१ र २०७४ मा बाढीको प्रभावका परेका बबई तटीय क्षेत्रका नागरिक यस पटकको पूर्वसूचनाले सहज बनायो । सबै सुरक्षित भएको महसुस गरे । 

नेपाल रेडक्रस सोसाइटी दाङले सञ्चालन गरेको बाढी पूर्वसूचना प्रणाली सवलीकरण परियोजना सञ्चालन गरेर दुई वर्षदेखि दाङका ९८ वटा नदीतटीय क्षेत्रका बासिन्दामा पूर्वसूचना प्रणालीको अभ्यास गराउँदै आएको परियोजना अधिकृत सन्तोष ढकालले बताए । 

विजौरीको मनिकापुरमा रहेको पानी मापन केन्द्रले १ सय १५  दशमलव ५ मिलिलिटर पानी परेको मापन ओमबहादुर डाँगीले बताए । परम्परागत मापन गर्दे आएका डाँगीले यो वर्षदेखि अटो मेटिक मापन हुने र त्यो राति नै पत्ता लाग्ने हुँदा पूर्वसूचना जारी हुने गरेको बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.