'स्टेम २०२० नेपाल' पहिलो राष्ट्रिय सम्मेलन सम्पन्‍न

'स्टेम २०२० नेपाल' पहिलो राष्ट्रिय सम्मेलन सम्पन्‍न

काठमाडौं : स्टेम एजुकेसन (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित शिक्षा) सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन सम्पन्‍न भएको छ ।

स्टेम फाउन्डेसन नेपाल, कारखाना र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त प्रयासमा यही भदौ ३० मा ‘स्टेम २०२० नेपाल ’ सम्मेलन समापन भएको हो । आठौं राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर यो सम्मेलन आयोजना गरिएको थियो । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेल कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी थिए ।

शिक्षामन्त्री पोखरेलले मन्तव्यको क्रममा स्टेम एजुकेसनको आवस्यकता, प्रभाकारिता र महत्व लगायतबारे प्रष्ट पारे । यसका लागि शिक्षकलाई विशेष तालिम, स्टेम प्रयोगशाला, विद्यार्थीको प्रदर्शनी आदि महत्वपूर्ण भएको र यसतर्फ केन्द्र, प्रदेश र पालिका सम्पूर्ण तहबाट प्रयत्न गर्नुपर्ने मन्त्री पोखरेलले औँल्याए ।

कार्यक्रमका लागि नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठान, प्याब्सन, एन प्याब्सन, स्टान र विभिन्न संस्थाहरुसँग समेत सहकार्य गरियो । सम्मेलनमा स्टेम विधाका विदेशी तथा स्वदेशी विज्ञहरुको प्रस्तुतीका साथै प्यानल छलफल हुनुका साथै शिक्षक, विद्यार्थी र अभिभावकहरुका लागि विभिन्न सेसन पनि आयोजना भएको थियो।

सम्मेलनमा देशभरका एक हजार भन्दा बढी शिक्षक, शिक्षिका, विद्यालय संञ्चालक र सम्पूर्ण सरोकारवालाहरुको सहभागिता थियो । नेपाली वैज्ञानिक महावीर पुन, काठमाडौं विश्वविद्यायलयका स्टिम प्रमुख प्राध्यापक डा बालचन्द्र लुइटेल, मन्त्रालयका प्रवक्ता दीपक शर्मा, नाष्टका प्रवक्ता डा. रविन्द्र ढकाल, एन प्याब्सनका अध्यक्ष ऋतु सापकोटा, प्याब्सनका सह अध्यक्ष डीके ढुङ्गानाले प्यानल डिस्कसनमा वक्ताको रुपमा प्रस्तुती दिएका थिए ।

स्टेम २०२० सम्मेलन भौतिक रुपमा सातै प्रदेशमा गर्ने गरी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने योजना रहेको र कोभिड -१९ को कारण अहिले यसरी अनलाइनमा पनि सफलतापूर्वक समापन गर्न पाएकोमा सम्मेलनका सभाअध्यक्ष एवं आयोजक संस्था स्टेमका संस्थापक सर्जन बिसीले खुसी व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.