अछाममा बाढीपहिरोबाट २ सय बढी परिवार विस्थापित

अछाममा बाढीपहिरोबाट २ सय बढी परिवार विस्थापित

अछाम : अछाममा बाढीपहिरोबाट २ सय बढी घरपरिवार विस्थापित भएका छन् । साउन र भदौ महिनामा अबिरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण २३५ परिवार विस्थापित भएका जिल्ला प्रशासन कार्यालय जानकारी दिएको छ ।

सबैभन्दा बढी रामारोशन गाउँपालिकामा १७१ परिवार विस्थापित भएका छन् भने तुर्माखाद गाउँपालिकामा २७,कमलबजार नगरपालिकामा ३०,चौरपाटी गाउँपालिकामा ७ र मेल्लेखका केही गरी २३५ परिवार विस्थापित भएका हुन् । 

बाढीमा परी ८ जनाको मृत्यु भएको छ भने ९ जना अझै बेपत्ता रहेका छन् । बाढी र पहिरोले सबै भन्दा बढी रामारोशन गाउँपालिकामा क्षति गरेको छ । गाउँपालिकाको २ हजार ७ सय ७८ खेती योग्य जमिन बाढीले बगाएको छ ।

रामारोशनका विस्थापित १७१ परिवारका ६ हजार ५ सय ३३ जनसंख्या प्रभाबित बनेको जिल्ला प्रशासन कार्यालयसंग तंथाक रहेको छ । बाढीले रामारोशनको १३ वटा झोलुङ्ग पुल,सडक,कैलाश खोलाको सम्पुर्ण तटबन्धन,१७ वटा सिचाई कुलो,१० वटा लघुजलविधुत र १८ वटा खानेपानी आयोजना पुर्णरुपमा नष्ट भएको छ ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.