घुन्सा हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको सम्झनामा संरक्षण दिवस मनाइँदै

घुन्सा हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको सम्झनामा संरक्षण दिवस मनाइँदै

ताप्लेजुङ : ताप्लेजुङको घुन्सामा हेलिकप्टर हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संरक्षणकर्मीको सम्झनामा विभिन्न कार्यक्रम गरिंदै छ। २०६३ असोज ७ गते हेलिकप्टर दुर्घटना हुँदा तत्कालीन वनमन्त्री गोपाल राईसहित २४ जनाको निधन भएको थियो। मृतकको सम्झनामा असोज ७ लाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने गरिन्छ। 

दिवसको अवसरमा ताप्लेजुङमा वातावरण संरक्षण तथा विकास मञ्चको आयोजनामा स्मृति पार्कमा माल्यार्पण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेल लगायतले निधन भएकाले पुर्याएको योगदानको चर्चा गरे। 

श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा तत्कालीन वन तथा भू–सरक्षण राज्यमन्त्री गोपाल राईसहित २४ जनाको निधन भएको थियो। दुर्घटनामा भूगोलविद् डा. हर्क गुरुङ, मन्त्री राईकी श्रीमती मीना राई, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू–संरक्षण मन्त्रालयका सचिव डा. दामोदारप्रसाद पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा. चन्द्रप्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य संघका सदस्य विजयकुमार श्रेष्ठलगायत संरक्षण क्षेत्रका दिग्गज स्वदेशी तथा विदेशी संरक्षणकर्मीको निधन भएको थियो। 

विश्वमै पहिलो पटक वन जंगलको संरक्षण तथा व्यवस्थापनको जिम्मा स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्कने बेला फलेस्थित धुन्चे पहाडमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको थियो। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.