ताप्लेजुङमा अन्धाधुन्ध बाम्फोक प्रहार : तीन जना घाइते

ताप्लेजुङमा अन्धाधुन्ध बाम्फोक प्रहार : तीन जना घाइते

ताप्लेजुङ : सिरिजंघा गाउँपालिका–८ याम्फुदिनमा एक युवाको बाम्फोक प्रहारबाट तीन जना गम्भीर घाइते भएका छन । बुधबार राति २२ वर्षिय लाक्पा भोटेले आफ्नै ठूलीआमा ६० फुटि भोटे, फुटिकका छोराहरु ३६ वर्षिय पासाङ भोटे र १८ वर्षका छिरिङ भोटेलाई बाम्फोक हानेर गम्भीर घाइते भएको वडाध्यक्ष टसी लामाले बताए । 

वडाध्यक्ष लामाका अनुसार फुटिको टाउको र गर्धन, पासाङको टाउको र हात तथा छिरिङको टाउको र गर्धनमा चोट लागेको छ । सबै जनासँगै टिभी हेरेर बसेको र सुतेपछि घटना भएको उनको भनाई छ । 
घाइतेहरुको याम्फुदिन स्वास्थ्य स्वाथ्य चौकीमा प्राथमिक उपचार भइरहेको छ । खराब मौसमका कारण थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा लैजान समस्या भएको लामाले बताए । 

‘घाइतेको यहाँ उपचार सम्भव छैन, गाडी भेट्न एक दिन पैदल हिँडेर हप्पुखोला पुग्नुपर्छ,’ लामाले भने, प्रशासन कार्यालयसँग समन्वय गरेर हेलिकप्टर मगाएका छौं ।’बिहीबार मौसम खराब रहेकाले मौसम खुले मात्रै हेलिकप्टर आउने हुँदा पर्खनेकी बोकेर लैजाने भन्ने दोधार रहेको उनी बताउँछन् । 

घटनापछि फरार रहेका लाक्पाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख महेन्द्र श्रेष्ठले बताए । घटनाको अनुसन्धानसमेत सुरु गरिएको श्रेष्ठले बताए । अभियुक्तको चौकी याम्फुदिनबाट असईको कमाण्डमा गएको टोलीले खोजी गरिरहेको छ । घटनास्थल सदरमुकाम फुङलिङबाट दुई दिन पैदल दूरीमा पर्छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.