कोरोना कहरबीच दाङका विद्यालय धमाधम संचालन

कोरोना कहरबीच दाङका विद्यालय धमाधम संचालन

दाङ  :  कोरोना कहरबीच दाङका विद्यालय खुल्न थालेका छन्। जिल्लामा २०० जना कोरोना संक्रमित उपचारत छन्। तर पनि विद्यालय धमाधम सञ्चालनमा आउन थालेका छन् । विद्लाय संचालनमा आएसँगै कोरोना कहरका कारण ६ महिनादेखि ठप्प भएको शैक्षिक गतिविधि जुरमुराउन थालेको हो । जिल्लामा रहेका १० स्थानीय तहले आ–आफनो तरिकारले सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गरिरहेका छन् ।   

जिल्लामा रहेका दशवटा स्थानीय तहमध्ये ४ वटा स्थानीय तहले आफू अन्तरगत विद्यालयमा पठनपाठन सुरु गरिसकेका छन् भने ६ वटा स्थानीय तह विद्यालय सञ्चालनको अन्तिम तयारीमा जुटेका छन् ।

सरकारले विद्यार्थी सिकाइ निर्देशिका २०७७ जारी गरेपछि विद्यालय सञ्चालनमा सहज भएको हो । सिकाइ निर्देशिकामा उल्लेख गरिएका मापदण्डमा रहेर पठनपाठन सञ्चालनको निर्देशन दिएसँगै विद्यालय सञ्चालन र यसको तयारीमा जुटेको पालिकाका शिक्षा प्रमुखहरुको भनाइ छ । 

पठनपाठन सञ्चालन गरिएका विद्यालयमा अनुगमन, सुझाव संकलनलगायतका गतिविधि समेत भइरहेका छन् । विद्यालय सञ्चालनको तयारीमा रहेका विद्यालयहरुले विद्यार्थी अभिलेखीकरण, भौतिक संरचना व्यवस्थापन, आवश्यक मापदण्ड निर्माण, कार्ययोजना पेश लगायतका पुर्व तयारीहरु गरिरहेका छन् । तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, दंगिशरण गाउँपालिका र बंगलाचुली गाउँपालिकाका विद्यालय सञ्चालनमा छन । कति विद्यालयहरु सिकाइ केन्द्रको रुपमा समेत सञ्चालन भइरहेका छन । अन्य पालिका विद्यालय सञ्चालनको तयारीमा जुटेका हुन । 

विद्यालयमा आवश्यक मापदण्ड निर्धारण गरी नियमित कक्षा सञ्चालन गरिएको तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखाका अधिकृत चक्रबहादुर भण्डारीले बताए । सरकारको सिकाई निर्देशिका, स्थानीयपालिका अन्र्तगतका स्वास्थ्य सुरक्षाका मापदण्डमा रहेर सामुदायिक र संस्थागत विद्यालयहरुमा पठनपाठन सञ्चालन गरिएको छ । एउटा  कक्षामा २० जना भन्दा बढि विद्यार्थीहरु भएमा सिफ्टका आधारमा पठनपाठन गर्नुपर्ने मापदण्ड बनाएर विद्यालय सञ्चालन गरिएको उनले जानकारी दिए । 

उनका अनुसार विद्यालयमा  ५० देखि १ सयजना विद्यार्थीहरु उपस्थित भएमा एक सिफ्ट, १ सय भन्दा बढी सँख्या भएमा दुई सिफ्ट र सो भन्दा बढी भएमा ३ सिफ्ट गरी पढाइ हुनेछ । यस्तै विद्यालय सञ्चालन भएसँगै मापदण्ड लागू गरिएको छ कि छैन, अवस्था कस्तो छ ? भनेर अनुगमन समेत गर्दै आएको उनले बताए ।

घोराही उपमहानगरपालिका क्षेत्रभित्रका विद्यालयहरुमा पनि पठनपाठन सुरु भइसकेको छ । सरकारको निर्देशिका र विश्व स्वास्थय संगठनको मापदण्डभित्र रहेर विद्यालयहरु सञ्चालनमा ल्याइको घोराही उपमहानगरका शिक्षा शाखा प्रमुख विनोद गौतमले जानकारी दिए । 

विद्यार्थीहरुको सिकाई सहजीकरणका लागि समयतालिका अनुसार विद्यालय सञ्चालन गरिएको दंगिशरण गाउँपालिकाका शिक्षा शाखा प्रमुख विनोद अधिकारी बताउछन । सामाजिक दुरी कायम गर्दै पठनपाठन सुरु गरेको उनको भनाइ छ । एक चरणमा ५० जना मात्र विद्यार्थीहरु राखेर पठनपाठन गराउनुपर्ने मापदण्ड अनुसार विद्यालय सञ्चालन भएका छन् । 

बंगलाचुली गाउँपालिकामा असोज २ गतेदेखि पठनपाठन सुरु भइसकेको छ । लामो समयम्म विद्यालय बन्द हुँदा विद्यार्थी मारमा परेको भन्दै सबै विद्यालयहरुमा पठनपाठन सुरु गरिएको गाउँपालिकाका शिक्षा प्रमुख ओमप्रकाश केसीले जानकारी दिए । क्वारेन्टाइन सञ्चालन भएका कतिपय विद्यालयमा बढी समस्या रहेको भन्दै यसका लागि प्राविधिक टोली व्यवस्थापन र वडा शिक्षा समिति समेत निर्माण गरिसकेको बताए । जिल्लामा ४ सय २० सामुदायिक  विद्यालय रहेका छन । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.