बाघको आक्रमणबाट माहुतेको मृत्यु
चितवन : बाघको आक्रमणबाट पूर्वी चितवनमा एकजनाको मृत्यु भएको छ । हात्तीलाई घाँस काट्न गएका रत्ननगर नगरपालिका ६ बछौलीका अन्दाजी ५४ वर्षीय बहना चौधरीको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी अशोक रामले बताए ।
उनी सौराहाको निजी हात्तीको माहुते हुन् । कुमरोज मध्यवर्ती सामुदायिक वनमा बिहान साढे ६ बजेतिर घाँस काट्न गएका बेला बाघको आक्रमणमा परेका थिए।
सामुदायिक वनमा दुईवटा हात्ती लिएर घाँस काट्न गएका थिए ।
आक्रमणस्थलमा हरिण मरेको अवस्थामा भेटिएको थियो । आहाराको सुरक्षा गर्न बाघले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ । मृतकको शवलाई पोष्र्टमाटमका लागि भरतपुर अस्पताल लगिएको छ ।