७ लाख मूल्य बराबरको मटर बरामद

७ लाख मूल्य बराबरको मटर बरामद

परासी : भारततर्फ चोरी निकासी गरिरहेको अवस्थामा पश्चिम नवलपरासी प्रहरीले ९ वटा मोटरसाइकलसहित ७ लाख बराबरको हरियो मटर बरामद गरेको छ । जिल्लाको प्रतापपुर र  सरावल गाउँपालिकाको नाकाबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा मटर बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।

केराउसँगै बरामद भएका मोटरसाइकलमा एक नेपाली र अन्य भारतीय थिए  । मोटरसाइकल बरामद भएपनि संलग्न व्यक्ति भने प्रहरीलाई देख्ने बित्तिकै फरार भएको नायब उपरीक्षक लामाले बताए । 

बरामद भएका केराउसहित मोटरसाइकल महेशपुर भन्सारमा बुझाइएको छ। पछिल्लो पटक जिल्लाका सीमावर्ती नाकाबाट हरियो मटरको चोरी निकासी बढेपछि जिल्ला सुरक्षा समितिले कोभिड–१९ को कारण देखाउँदै मटर ओसारपसार र ढुवानीमा प्रतिबन्ध लगाएको छ । 

प्रहरीले डेढ महिनाको अवधिमा बरामद गरेर बुझाएका केराउमध्ये ५० लाख बढीको लिलाम भइसकेको महेशपुर भन्सार कार्यालयले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.