उडान संख्या थपियो

उडान संख्या थपियो

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ अक्टुबर महिनाका लागि नयाँ उडान तालिका सार्वजनिक गरेको छ। दैनिक करिब ८० देखि ८५ वटासम्म उडान हुने गरी तालिका बनाइएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

हप्तामा करिब ५९३ उडान हुने प्राधिकरणले जानकारी दिएको छ। दसैं नजिकिएसँगै सहजताका लागि उडान संख्या थप गरिएको क्षेत्रीले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए। कोरोना महामारीका कारण स्थगित भएको करिब ६ महिनापछि नियमित आन्तरिक उडान सुरु भएको हो। कोरोना अघिको समयमा हुने नियमित उडानको एक चौथाइ मात्र उडान गराउने सर्तमा उडान सञ्चालन गरिएको थियो। उडान सञ्चालनपछि यात्रुको चापअनुसार उडान तालिका थपिएको प्राधिकरण प्रवक्ताले जानकारी दिए। सेप्टेम्बर २१ तरिकदेखि ३० तारिकसम्म दैनिक करिब ४० उडान तय थिए।  

नयाँ उडान तालिकाअनुसार काठमाडौंबाट विभिन्न गन्तव्यमा बुद्ध एयरको दैनिक करिब ३० उडान, यतिको दैनिक करिब १८, श्री एयरलाइन्सको दैनिक १६, सिम्रिकको २, नेपाल एयरलाइन्सको दैनिक ८, ताराको दैनिक करिब ७, समिटको करिब ७ र सीता एयरको दैनिक करिब ४ वटा उडान हुनेछन्। 

उडान सञ्चालन गर्दा वायुसेवा कम्पनीले पर्यटन मन्त्रालय तथा प्राधिकरणले सार्वजनिक गरेका स्वास्थ्य सुरक्षा मापदण्डलाई पूर्णरूपमा पालना गरेको बताएका छन्। आगमन कक्षमा यात्रुको ज्वरो नाप्ने, पूर्ण विवरण खुलाउने गरी फारम भर्न लगाउने, यात्रुले अनिवार्य रूपमा मास्क प्रयोग गर्नुपर्नेजस्ता मापदण्डको अक्षरस पालना गरिएको छ। आन्तरिक उडान गर्ने यात्रुको कोराना जाँच (पीसीआर) भने गर्नुपर्ने छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.