उदयपुरमा मेयरसहित ६ जनामा कोरोना पुष्टि

उदयपुरमा मेयरसहित ६ जनामा कोरोना पुष्टि

उदयपुर : लगभग नियन्त्रणको अवश्थामा पुगेको कोरोना भाइरस उदयपुरमा पुनः फैलिएको छ। एक सय १८ जना संक्रमित मध्ये ५ जना मात्र उपचाररत अवस्थामा रहेकोमा शनिबार जनप्रतिनिधि सहित ६ जना पुनः थपिएका छन्। 

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना प्रयोगशालामा गरिएको परीक्षणबाट बेलका नगरपालिकाका मेयरसहित ६ जनामा कोरोना पोजिटिभ देखिएको हो। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीका अनुसार ५४ वर्षीय मेयरसहित ४०, ४३, २८, ४२ वर्षीय पुरुष र १८ वर्षीया युवतीलाई कोरोना पोजिटिभ देखिएको हो। 

उनीहरुमध्ये एक जना स्वास्थ्यकर्मीसमते रहेका छन्। एक साताअघि मेयरका ८२ वर्षीय बुवालाई उपचारका क्रममा बीपी कोइरालामा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोराना देखिएपछि शनिबार देखिएका ६ जना नै कन्ट्रयाक ट्रेसिङ्गमा थिए। यसअघि जिल्लामै पहिलोपटक सोही नगरपालिकाका ६५  वर्षीय वडाध्यक्षमा कोरोना पोजिटिभ देखिएको थियो। 

योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या एक सय २४ जना पुगेको छ। त्यसमध्ये ९२ जना पुरुष र ३२ जना महिला रहेका छन्। कोरोना भाइरस नियन्त्रणको अभियान लिएर गाउँ पसेका जनप्रतिनिधिलाई नै कोरोना पोजिटिभ देखिएपछि उदयपुरको बेलका नगरक्षेत्रमा फेरि त्राश फैलिएको प्रमुख सुवेदीले बताए। 

मेयरमा पोजिटिभ देखिएपछि पालिकाका सबै जनप्रतिनिधि र कर्मचारी कन्ट्रयाक ट्रेसिङमा परेका छन्। त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केबाट उदयपुरमा सुरु भएको कोरोना भाइरस भुल्केपछि सबैभन्दा बढी बेलका नगर क्षेत्रमा संक्रमित देखिएका छन्।

संक्रमित मध्ये हालसम्म त्रियुगा नगरपालिकामा ७० जना, बेलका नगरपालिकामा ४० जना, कटारी नगरपालिकामा ७ जना, उदयपुरगढी गाउँपालिकामा २ जना, चौदण्डीगढी नगरपालिकामा २ जना र ताप्ली गाउँपालिकामा ३ जना रहेका जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।

स्वास्थ्य प्रमुख सुवेदीका अनुसार हालसम्म १ हजार ९ सय ६२ जना महिलासहित सात  हजार ७ सय २२ ले पीसीआर परीक्षण गरेका छन्। त्यसमध्ये सात हजार ६ सय ८९ जनाको रिर्पोट आएको छ। कार्यालयकाअनुसार २० जना पुरुषसहित २३ जना क्वारेन्टाइनमा छन् भने चार सय ५४ जना पुरुषसहित चार सय ७२ जना होम क्वारेन्टाइनमा छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.