ताप्लेजुङमा ट्याक्सी दुर्घटनामा तीनजना घाइते

ताप्लेजुङमा ट्याक्सी दुर्घटनामा तीनजना घाइते

ताप्लेजुङ : ताप्लेजुङमा सोमबार भएको ट्याक्सी दुर्घटनामा परी तीनजना घाइते भएका छन् । झापाबाट ताप्लेजुङतर्फ आइरहेको ट्याक्सी दुर्घटना हुँदा त्यसमा सवार अर्जुनधारा झापाका ४० वर्षीय असोक कार्की, फुङलिङ नगरपालिका–३ का ३७ वर्षीय सोमनाथ दहाल र सोही ठाउँकै ३८ वर्षीय राजेन्द्र दहाल घाइते भएका हुन् । 

मे १ ज २५७८ नम्बरको ट्याक्सी मेची राजमार्गअन्र्तगत काबेली फुङलिङ सडक खण्डमा पर्ने खोक्सेखोला नजिकै सडकबाट झरेर दुर्घटनामा परेको थियो । ट्याक्सी करिब २ सय मीटर तल झरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख महेन्द्र श्रेष्ठले बताए । 

घाइतेमध्ये असोक कार्कीको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ। बाँकी दुईको अवस्था भने सामान्य छ । घाइते सबैको उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याइएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.