८० वर्षे जोडीको ३२ वर्ष पुरानो ‘बाबाका ढाबा’: हिट भयो यसरी रातारात

८० वर्षे जोडीको ३२ वर्ष पुरानो ‘बाबाका ढाबा’: हिट भयो यसरी रातारात

नयाँदिल्ली : कोरोनाभाइरसको महामारीका कारण विश्वका अधिकांश सहरमा मानिसहरु घरभित्रै बस्नु परेको छ ।

कसैका लागि त यो झण्डै एक वर्षको अवधि आराम गर्ने अवसर पनि भयो होला, तर हरेक दिन कठिन श्रम गरेर साँझ–बिहानको गुजारा चलाउनेहरुका लागि महामारीविरुद्ध लगाइने लकडाउन अभिसाप बनेको छ ।

भारतको राजधानी नयाँदिल्लीस्थित मल्भिया नगरमा एक वृद्ध दम्पतीको संघर्षले त्यस्तै देखाउँछ । मल्भिया नगरको हनुमान मन्दिरछेउमै ‘रोड साइड’मा ८० वर्षीय वृद्ध र उनकी पत्नीको एउटा सानो चिया–नास्ताको पसल छ । नाम हो, ‘बाबाका ढावा’ ।

जहाँ उनीहरु ग्राहक पर्खँदा पर्खँदै थाकिसके । उनीहरु आफ्नो नियमित आम्दानी घट्दै गएपछि दुखी मात्रै हुँदैनन्, क्यामेराको अगाडि आँशु नै थाम्न सक्दैनन् । हालै एक मिडियाकर्मीले यही वृद्ध जोडीको कठिन संघर्ष र दर्दनाक अवस्था क्यामेरामा कैद गरेका थिए । जुन भिडियो केही घण्टामै भाइरल बनिसकेको छ ।

उक्त भिडियोकै कारण ती वृद्धलाई सहयोग पनि प्राप्त हुन थालेको छ । भिडियोमा देखाइए अनुसार महामारीसँगै ‘बाबाका ढावा’ खान आउनेहरुको भीड कम हुँदै पछिल्लो समय त लगभग शुन्य जस्तै भइसकेछ ।

वृद्धले भिडियोमा पनि देखाएका छन् कि आधा केजी दाल पकाउँदा पनि बिक्री हुन मुस्किल छ । भिडियोमा ती मिडियाकर्मीले भनेका छन्, ‘ती वृद्धले कुनै महँगो होटलमा पकाएको भन्दा पनि राम्रो पनिर र केराउ पकाएका छन् । तर पनि बिक्री हुन गाह्रो छ ।’

मिडियाकर्मीले उनलाई ढाडस दिएका छन् । साथै सहयोगका लागि पनि अपिल गरिदिएका छन् । बसुन्धरा तंखा शर्मा नामको ट्वीटर एकाउन्टबाट शेयर भएको उक्त भिडियो अहिले भाइरल नै बनिसकेको छ ।

भिडियोका लागि क्याप्सन लेखिएको छ, ‘यो भिडियोले मेरो हृदय भाँचियो, दिल्लीवासीहरु कृपया, कृपया यदी तपाईँलाई मौका मिल्यो भने मल्भिया नगरको बाबाका ढावा खान जानू ।’
यो भिडियो पहिलो पटक एक फेसबुक पेजबाट शेयर भएको थियो । जहाँ उनै ८० वर्षीय जोडी मटर पनिर बेचिरहेको देखाइएको थियो । ट्वीटरमा देखाइएको भिडियोमा वृद्ध जोडी रोइरहेका देखिन्छन् । तर मिडियाकर्मीले उनीहरुलाई सम्झाइरहेका छन् ।

यस्तै ती वृद्धले १९८८ देखि नियमित यही स्टल राखेर यो काम गर्दैआएको पनि भिडियोमा बताएका छन् । अहिले बाबाका ढाबाको भिडियो १ दशमलब ७ मिलियन पटक हेरिइएको छ ।
रणदीप हुडा, रभिना टन्डन र सुनिल सेट्टी जस्ता बलिउड सेलिब्रिटीले समेत उक्त भिडियो शेयर गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.