कर्मचारीमा कोरोना देखिएपछि पाटन नगरपालिका सिल

कर्मचारीमा कोरोना देखिएपछि पाटन नगरपालिका सिल

बैतडी : बैतडीको पाटन नगरपालिकाका २ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २ जना कर्मचारीमा कोरोना पुष्टि भएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । दुवै जनालाई अहिले आइसोलेसनमा राखिएको छ भने स्वास्थ्य अवस्था समान्य रहेको उनले बताए । 

यसैबीच नगरपालिकामा कार्यरत दुईजना कर्मचारीमा कोरोना पुष्टि भएपछि पाटन नगरपालिका एक हप्ताका लागि सिल गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले जानकारी दिए । 

एक हप्ताका लागि नगरपालिका सिल गरिएको उनले बताए । उनले भने, 'यही असोज ३० गते सम्मका लागि नगरपालिका र वडाबाट प्रदान गरिने सबै सेवाहरु बन्द गरिएका छन् । कोरोनाको जोखिम बढ्दै गएकाले यस्तो निर्णय गरेका हौं ।'

यस्तै संक्रमित कर्मचारीको सम्पर्कमा रहेका नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि र अन्यको स्वाब संकलन गरी कोरोना परीक्षण गरिने पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिए । 

बैतडीका थप दुईजनामा कोरोना पुष्टि भएसँगै जिल्लामा संक्रमतिको संख्या ४२० पुगेको छ । संक्रमित मध्ये ३९७ जना निको भएर घर फर्किसकेका छन् भने एकजनाको मृत्यु भइसकेको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या २२ रहेको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए । 

जोखिमयुक्त क्षेत्रबाट फर्केकाहरुको पीसीआर परीक्षण गरिने 

बैतडीको पाटन नगरपालिकाले भारत तथा नेपालका जोखिमयुक्त क्षेत्रबाट फर्केका नागरिकको पीसीआर परीक्षण गर्ने भएको छ । काठमाडौंबाट फर्केका दुईजनामा कोरोना पुष्टि भएपछि देशका जोखिमयुक्त क्षेत्रबाट फर्केका नागरिकको पीसीआर परीक्षण गरिने स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । 

जोखिमयुक्त क्षेत्रबाट फर्केका नागरिकका बारेमा वडाले जानकारी राख्ने र उनीहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बसाउने स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिए । कोरोना भाईरसको जोखिम न्यूनीकरणका लागि पीसीआर परीक्षणको रिपोटको आधारमा मात्रै घर पठाइने उनले बताए । नेपालका जोखिमयुक्त क्षेत्रबाट आएका नागरिकलाई पनि क्वारेन्टाइनमा बस्न लगाइने बताइएको छ । 

दसैंतिहार नजिक आएसँगै काठमाडौंलगायतका क्षेत्रबाट नागरिकहरु घर फर्कने क्रम बढेकाले कोरोना संक्रमणको जोखिम पनि बढ्दै गएको छ । यस्तै तिहारसम्म नगरपालिका क्षेत्रभित्र सबै प्रकारका तालिम, गोष्ठीलगायत भीडभाड हुने खालका कार्यक्रम बन्द गरिएको स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.