कोरोना अपडेट : स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन (लाइभ)
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमार्फत् कोरोना भाइरस (कोभिड-१९) को नियमित अपडेट गराउँदै आएको छ। २०७६ चैत ११ गतेदेखि सुरु भएको पत्रकार सम्मेलनलाई मन्त्रालयले निरन्तरता दिएको हो।
नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै आएका छन्।
मन्त्रालयका अनुसार नेपालमा एक लाख ११ हजार ८०२ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ७७ हजार २७७ जनाले कोरोना जितेका छन् ।
अहिलेसम्म ६४५ जनाले भने कोरोनाकै कारण ज्यान गुमाएका छन् । नेपालमा लकडाउन र निषेधाज्ञा खुकुलो भएपछि सहरी क्षेत्रमा संक्रमण बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस !