दाङमा शुक्रबार थप ६१ जनामा कोरोना संक्रमण
दाङ : दाङमा शुक्रबारमात्रै ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञानको फिबर क्लिनिकमा संकलन गरिएको स्वाब परीक्षणमा थप ६१ जनामा संक्रमण देखिएको हो ।
सबैभन्दा धेरै लमहीमा नयाँ संक्रमित थपिएका छन् । लमहीका २४ जनामा संक्रमण देखिएको हो ।
त्यसैगरी घोराहीका १७ जना, तुलसीपुरका ११ जना, राप्ती र राजपुरमा १÷१ जनामा संक्रमण देखिएको हो भने अन्य ७ जना जिल्ला बाहिरका रहेका छन् ।
अहिलेसम्म जिल्लामा १ हजार ७०८ जनामा संक्रमण देखिएको छ भने उनीहरुमध्ये १ हजार १६६ डिस्चार्ज भएका छन् । दाङमा अहिले सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ भने कोरोनाबाट ६ जनाको मृत्यु भएको छ ।