कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु

कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु

दाङ : दाङमा एक कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको छ ।  लमही नगरपालिका–५ का ४३ वर्षीय पुरुषको मंगलबार बिहान घरमै मृत्यु भएको लमही नगरपालिका स्वास्थ्य शाखा अधिकृत लोकराज पौडेलले जानकारी दिए।

उनी जन्डिसको बिरामी भएको बुझिएको उनले जानकारी दिएका छन् । गएको असोज १ गते कोरोना परीक्षण गर्दा उनी र उनको श्रीमतीमा संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि श्रीमान–श्रीमती होम आइसोलेसनमा बस्दै आएका थिए ।

उनको शव व्यवस्थापन गर्ने तयारी भइरहेको छ । यो सँगै जिल्लामै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि कोरोना विशेष अस्पताल बेलझुण्डीमा रुपन्देहीका एकजना कोरोना संक्रमितको उपचारकै क्रममा निधन भएको थियो भने घोराहीमा बेवारिसे फेला परेको शवको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.