भीमेश्वरले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने

भीमेश्वरले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने

दोलखा : भीमेश्वर नगरपालिकाले नगरवासीको निःशुल्क कोरोना परीक्षण तथा उपचार गर्ने भएको छ । संघीय सरकारले कोरोना संक्रमित नागरिकको उपचार नगर्ने घोषणा गरेपछि भीमेश्वरले निशुल्क उपचार गर्ने घोषणा गरेको हो।

भीमेश्वर नगरकार्यपालिकाको मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो । कोभिड–१९ सङ्क्रमणको परीक्षण र उपचारको दायित्वबाट पंछिएको सरकारको चौतर्फी विरोध भइरहेका बेला भीमेश्वरको सो निर्णयले नगरवासीलाई केही राहत महशुस भएको छ । 

भीमेश्वर नगरपालिकामा स्थायी बसोवास गरिरहेका नागरिकहरुलाई कोरोनाको लक्षण देखिएमा निःशुल्क पीसीआर परीक्षण तथा आइसोलेसनमा राखी उपचार गर्ने भीमेश्वर नगरकार्यपालिकाको बैठकले निर्णय गरेको प्रबक्ता हरिबंश चौँलागाईंले बताए ।

भीमेश्वर नगरपालिकामा हालसम्म २ दर्जनभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । संक्रामक रोग तथा महामारी नियन्त्रणका लागि चालु आर्थिक बर्षको लागि विनियोजित करिब ४० लाख बजेटबाट उनीहरुको निशुल्क उपचार गरिने जनाइएको छ । नगरपालिकाले छुट्टै आइसोलेसन कक्ष निर्माण गरि यसअघि पनि निशुल्क उपचार गर्दै आईरहेको थियो । पीसीआर परीक्षण तथा उपचारमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले नैं ब्यहोर्ने प्रवक्ता चौँलागाईंको भनाइ छ । 

सदरमुकाम चरिकोटमा रहेको चरिकोट अस्पताल पनि भीमेश्वर नगरपालिका कै ब्यवस्थापनमा सञ्चालन हुने भएको छ । न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थाले संचालन गर्दै आएको सो अस्पताल व्यवस्थापनबाट उसले हात झिकेको थियो । सो अस्पताल कार्तिक १६ गतेबाट चरिकोट अस्पतालको रुपमा नगरपालिका कै पूर्ण व्यवस्थापनमा संचालन गर्ने नगर कार्यापालिकाको ५९ बैठकबाट निर्णय भएको भीमेश्वर नगरपालिकाले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.