राहतको चामल मेयरले अरुलाई नै बाँडे !

राहतको चामल मेयरले अरुलाई नै बाँडे !

भोजपुर : राहतमा वितरण गरिने चामल अन्य व्यक्ति विशेषलाई नै बाँडिएको छ। षडानन्द नगरपालिकास्थित राहतका लागि ल्याइएको ४५ बोरा चामल नगरपालिकाका मेयर वीरबल राईले अन्यलाई नै बाँडेको खुलेको हो।

नगरपालिकाका विभिन्न विपन्न परिवारका लागि वितरण गर्न राखिएको ४५ बोरा राहतको चामल मेयर राईको तोकादेशमा नगरपालिकाक–७ गडीगाउँ र ५ मा बाँडेको खुलेको हो। 

मेयरले रातारात आफ्ना व्यक्ति विशेषलाई राहतको चामल वितरण गरेको स्थानीय राजन खड्गीले आरोप लगाए। ‘दसैंको बेलामा पनि मेयरले हाम्रो राहतको चामल उहाँको आफ्नो मान्छेलाई बाँड्नुभयो, जनप्रतिनिधि भएर यो कस्तो न्याय हो ?’, उनले गुनासो पोखे।

मेयर राईले सम्बन्धित वडाका जनप्रतिनिधिलाई पनि जानकारी नै नगराई उक्त राहतको चामलले वितरण गरेको पाइएको छ। विपन्न परिवारका लागि भनेर ल्याइएको राहतको चामल आफुखुशी आफ्ना मान्छेलाई बाँडेको षडानन्द नगरपालिका–५ का वडाध्यक्ष विनेश राईले बताए। 

विपदमा नगरपालिकाको कुनै सरकारी सेवाका लागि सम्बन्धित वडाको सिफारिस चाहिने भए पनि नगर प्रमुख स्वयम्ले नै गैरजिम्मेवार काम गरेको उनले आरोप लगाए। 

स्टोर प्रमुख केशव गुरागाईंले पनि मेयर र प्रमुख प्रशासकीय अधिकृतको तोकादेशमै राहतको चामल वितरण गरिएको बताए। जनताको निष्पक्ष भावनाले काम गर्छु भन्ने जनप्रतिनिधिले वास्तविक पीडित जनताको हितविपरीत काम गर्नु निराशाजनक रहेको वडा नम्बर ७ का वडाध्यक्ष बुद्धसिंह तामाङले बताए। 

यता नगर प्रमुख राईले लामो समयसम्म राहतको चामल खाद्यान्न स्टोरमा रहेकाले आवश्यकता हेरेर माग भएर आएका निवेदनका आधारमा वितरण गरिएको बताए। दसैं नजिएकाले विपन्न परिवारको अवस्था हेरेरै आफूले चामल वितरण गर्न लगाएको मेयर राईले बताए। उनले यो विषयमा आरोपप्रत्यारोप गरिरहनु आवश्यक नरहेको बताए। 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.