८ महिनादेखि तलब नपाउँदा दसैँ खल्लो

८ महिनादेखि तलब नपाउँदा दसैँ खल्लो

बैतडी : बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी श्रोतका शिक्षकहरुले तलब नपाउँदा दसैँ खल्लो भएको बताएका छन्। 

गएको ८ महिना यता तलब नपाउँदा आफूहरुको दसैँ खल्लो भएको सामुदायिक विद्यालय निजी श्रोत शिक्षक संघर्ष समितिका अध्यक्ष लक्ष्मी शाह चन्दले बताइन्। ‘गाउँपालिकाले गत वर्षदेखि सामुदायिक विद्यालयमा कार्यरत निजी श्रोतका शिक्षकहरुलाई तलब दिने गरेको थियो’, उनले भनिन्, ‘तर गएको चैत महिना यता तलब नपाउँदा हामीलाई समस्या भएको छ।’

गाउँपालिकाले आफूहरुको समस्या नबुझेको लेकलुपण माविमा कार्यरत शिक्षक रामसिंह धामीले गुनासो गरे। ‘कोरोना भाईरसको महामारी एकातिर छ’, उनले भने, ‘यो अवस्थामा हामीले काम गरेको पैसा समेत पाएका छैनौँ। ८ महिनादेखि तलब नपाउँदा यो बर्षको दसैँ खल्लो भएको छ।’

सिगास गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत निजी श्रोतका १९२ जना शिक्षकहरुले आठ महिनासम्म तलब नपाएका हुन्। 

यस विषयमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेशप्रसाद भट्टले राजस्व बाँडफाँड शीर्षकमा रकम निकासा नभएकाले निजी श्रोतका शिक्षकहरुलाई तलब खुवाउन नसकिएको बताएका छन्। निजी श्रोतका शिक्षकहरुलाई तलब खुवाउनका लागि सोही शीर्षकबाट तलब दिने गरेकाले रकम निकासा नहुँदा समस्या भएको उनको भनाई छ। 

सामुदायिक विद्यालयमा कार्यरत निजीश्रोतका शिक्षकहरुका समस्याका बारेमा दसैँपछि बसेर छलफल गरिने प्रमुख भट्टले बताए। केही वैकल्पिक उपाय सोचेर भएपनि शिक्षकहरुलाई तलब खुवाउनका लागि पहल गर्ने उनले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.