यसरी मनाइयो कोरोना अस्पतालमा दसैं (फोटो फिचर )
दाङ : दाङमा कोरोना संक्रमित भइ कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितहरुले एक आपसमा दसैंको टिका लगाएर मनाएका छन् । कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्णबहादुर वलीको आयोजनामा अस्पतालमा उपचाररत १८ जना कोरोना संक्रमितले दसैं टिका लगाएका हुन् ।
कोरोना संक्रमणको कारण परिवार र आफन्तसँग दसैं मनाउन नपाए पछि व्यवस्थापन ओलीले सबै संक्रमितलाई आफैले दसैंको टिका लगाइ दिएर शुभकामना आदान प्रदान गरेका हुन् ।
'हामी अहिले आइसोलेसनमा छौं, 'उनले भने,' यो अवस्थामा मन खिन्न किन पार्ने भनेर सबै संक्रमितलाई बेडमै पुगेर भेटघाट र दसैंको टिका लगाएर खुसी साटेका छौं ।' अस्पतालमा उपचाररत १८ जनालाई टिका र जमरा लगाएर दसैं मनाएको वलीले बताए । कोरोना विशेष अस्पतालमा उपचाररत सबैले ओलीसँग टिका लगाउँदा परिवारसँगै बसेर दसैं मनाएजस्तो अनुभुति दिलाएको बताए।
अस्पतालका मेसु डा. सर्वेश शर्माले संक्रमतिसँग दसैं मनाएर वलीले उदाहरणीय काम गरेको बताए ।