दसैं संस्कृति बचाउँदै थारु युवा

दसैं संस्कृति बचाउँदै थारु युवा

दाङ : चाडपर्वमा लगाउने टीकाको रङ आ-आफ्नै हुन्छ। नेपाली समाजमा अधिकांशले रातो रङको टीका लगाउने गर्छन्। 

यो वर्षको दसैंमा पनि सबैले रातो नै टीका लगाए। तर नेपालमा बसोबास गर्ने आदिवासी थारु र पहाडमा बसोबास गर्ने केही आदिवासीले परम्परा अनुसार चाडपर्वमा रङ्गीविरङ्गी टीका ग्रहण गर्दैनन्। 

थारु समुदायले दसैंमा अभिभावकबाट प्रसादको रुपमा ग्रहण गर्ने टीका सेतो हुन्छ। चामलको पीठोको टीकासहित जमरा, बेबुरीको फूल दसैंमा थारुले ग्रहण गर्ने परम्परा हराउन थालेपछि थारु युवा दसैंमा सेतो टीका बचाउने अभियानमा जुटेका छन्।  

थारु संस्कृति अनुसार थारु समुदायमा दसैं पर्वमा सेतो टीका लगाउन छोडर रातो टीका लगाउन थालिएको भन्दै यहाँका युवाले परम्परागत शैलीलाई जोगाई राख्न दसैंमा सेतो टीका लगाउने अभियान थालेका हुन्। 

दाङको तुलसीपुर उपमहानगरपालिका ६ डुम्रिगाउँ, वडा नम्बर ५ भुयार थान लगायतका क्षेत्रमा रहेका युवाले दसैंमा थारुले परम्परागत रुपमा लगाउने सेतो टीकालाई बचाउन अभियान थालेका हुन। समय अनुकुल परम्परा फेरिदै जाँदा खास थारुको संस्कार हराउन थालेको भन्दै दसैंमा सेतो टीकाको परम्परा बचाउन लागिएको डुम्रिगाउँका मानबहादुर चौधरी बताउछन्। 

थारुहरुको पहाडीयासँग संगत बढेको र युवा पुस्तामा पुरानो संस्कार हराउँदै गएपछि परम्परा जोगाउन अभियान थालिनु राम्रो भएको बयोवृद्धको धारण समेत आउन थालेको छ। शान्तिको प्रतिकमात्रै नभर थारुहरुको इतिहास समेत सेतो टीकाले जनाउने गरेको उनीहरुको भनाइ छ। 

थारु समुदायकाले निधारमा मात्रै दसैंको टीका लाउँदैन। पाखुरा, घुँडा, पैतलामा समेत लाउँछन्। यसको अर्थ निधार, काम गर्ने पाखुरा, घुँडा र पैतला बलियो होस भन्ने मनोकामना गरिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.