प्रदेश १ मा कोरोना : डिस्चार्जको संख्या बढ्दै
विराटनगर : प्रदेश १ मा पछिल्लो समय कोरोना संक्रमण जितेर निको हुनेको संख्या बढ्न थालेको छ। सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार बुधबार मात्रै प्रदेशका विभिन्न स्थानबाट ४ सय २२ जना डिस्चार्ज भएका छन्।
संक्रमण जित्नेमा होम आइसोलेशनमा रहेका धेरै रहेको सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए। मन्त्री घिमिरेका अनुसार बुधबार मात्रै होमआइसोलेशनबाट २ सय ३४ जनाले कोरोना जितेका छन्।
अन्य डिस्चार्ज हुनेमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७१, विराट मेडिकल कलेजबाट ४१, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२, कालि सदन आइसोलेशन, र बैजनाथपुर आइसोलेशनबाट ७-७ जना रहेका छन्।
यस्तै बुधबारनै नोबेल अस्पताल र बेलबारी आइसोलेशनबाट ६-६, धाइजन आइसोलेशन केन्द्र र न्युरो अस्पतालबाट ४-४, जिल्ला अस्पताल संखुवासभा र मारवाडी सेवा सदन आइसोलेसनबाट ३-३, कोभिड १९ आइसोलेशन अस्पताल, कोभिड १९ आइसोलेशन केन्द्र रंगेली र मेची अस्पतालबाट २-२, इलाम अस्पताल, कोभिड १९ आइसोलेशन केन्द्र, चौदण्डीगढी, जिल्ला अस्पताल धनकुटा र वि जेनरल अस्पताल हरिनगरबाट १-१ जना डिस्चार्ज भएका हुन। हालसम्म प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १२ हजार १ सय १ पुगेको छ।
२४ घण्टामा ३ सय ४ संक्रमित थपिए
बुधबार प्रदेश १ मा ३ सय ४ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा १ सय ५५, सुनसरीमा ९८, झापामा २३, पाँचथरमा १४, उदयपुरमा ३, धनकुटा र इलाममा २-२ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार विराटनगरमा १ सय ११ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकोमा ४६ महिला र ६५ पुरुष छन्। मोरङको रतुवामाईमा १४, मिक्लाजुङ र बेलबारीमा ७-७, उर्लाबारी र ग्रामथानमा ३-३, कटहरीमा २, रंगेली, पथरी शनिश्चरे र बुढीगंगामा १-१, र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजिटिभ आएको छ।
सुनसरीको धरानमा ७७, इटहरीमा १४, इनरुवामा २, देवानगञ्ज, दुहवी, बर्जु, बराहक्षेत्र र स्थानीय तह नखुलेका १-१ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
उता झापाको दमकमा १०, विर्तामोड र गौरादहमा ४-४, अर्जुनधारा, मेचीनगर र कनकाईमा १-१ र स्थानीय तह नखुलेको २, पाँचथरको फिदिममा ११, हिलिहाङ, मिक्लाजुङ र स्थानीय तह नखुलेका १-१, उदयपुरको बेलकामा १ र स्थानीय तह नखुलेका २, धनकुटाको धनकुटा नगरपालिकामा २, इलामको चुलाचुली र स्थानीय तह नखुलेका १-१ र प्रदेश १ बाहिरका ७ जनमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार ४०१ पुगेको छ।
प्रदेश १ मा बुधबार १ हजार १ सय ९८ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये १ सय २३ महिला र १ सय ८१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म १ लाख ६४ हजार ६ हजार ४० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।