स्थानीयले महाकालीभित्रको जग्गा दाबी गरेपछि पुल निमार्णको काम रोकियो

स्थानीयले महाकालीभित्रको जग्गा दाबी गरेपछि पुल निमार्णको काम रोकियो

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका – ११ का स्थानीयले नदीभित्रको जग्गा आफ्नो भएको दाबी गर्दै महाकाली नदीमा निमार्ण भइरहेको पक्की पुल निमार्णको काममा अवरोध गरेका छन् ।

स्थानीय गोवर्धन खड्का, विष्णु जोशीलगायतका केही स्थानीयले महाकाली नदीभित्रको जमिन आफ्नो भएको दाबी गरेपछि महाकाली नदीमा निमार्ण भइरहेको चार लेनको पक्की पुल निमार्णको काम प्रभावित भएको हो।

उनीहरुले महाकाली नदीभित्र रहेको जमिनको आफूहरुसँग लालपुर्जा भएको दाबी गरेका छन् । स्थानीयले नदीमा स्पर बनाउन नदिएपछि महाकाली पुल निमार्णको काम प्रभावित बनेको छ  ।

निमार्ण कम्पनीले महाकाली नदीमा स्पर निर्माण गर्न सुरु गरेपछि केही स्थानीयले सो जग्गा आफूहरुको भएको भन्दै काममा बाधा पुगाएका हुन् । तीन वर्षअघि सुरु गरिएको महाकाली पुल आयोजना अन्तर्गत सडक निर्माणस्थलमा करीब एक हजार ३०० मिटर क्षेत्रफल ऐलानी जग्गा, नदीको ड्याम र सार्वजनिक जग्गा परेको थियो । 

आयोजनाले पहुँचमार्गमा पर्ने जग्गाको यसअघि नै मुआब्जा वितरण गरिसकेको छ । मुआब्जा वितरणका लागि आयोजनाले पटक पटक जग्गाको नापजाँच गरेपनि त्यसबेला नदीभित्रको जमिनको कसैले दावी नगरेको तर पुल निमार्णको आधा काम भइसकेपछि नदी भित्रको जमिन दाबी गरेको महाकाली पुल आयोजनाका कार्यालयले जनाएको छ । 

स्थानीयले स्पर निर्माण कार्यमा अवरोध गरेपछि पुल आयोजनाको काम प्रभावित हुने भएको छ । निर्माण कम्पनीले आगामी फागुनभित्र निर्माण कार्य सम्पन्न गर्ने गरि पुलसँगै अन्य संरचना निर्माण कार्यलाई तीव्र रुपमा अगाडी बढाएको छ । जसअन्तर्गत आइसल्याण्ड निर्माणका लागि ड्याम तथा स्पर निर्माणको काम अगाडी बढाइएको थियो । तर स्थानीयको अवरोधपछि आयोजनाको काम मात्रै होइन बनेका संरचना समेत प्रभावित हुने महाकाली पुल आयोजनाका इन्जिनियर धुव्रकुमार झाले बताए । 

उनले रिभर ट्रेनिङ्गका लागि ड्याम निर्माण गर्न पाँच वटा स्पर निर्माण गर्नुपर्नेमा गतवर्ष दुईवटा निर्माण भइसकेको र यसवर्ष तीनवटा स्पर निर्माण कार्य अगाडी बढाउदा स्थानीयले अवरोध गरेको बताए । ‘१०/१५ वर्ष पहिले खोलाले बगाएर तटबन्ध भइसकेको जग्गामा अहिले आएर दावी गरिरहेका छन । '

उनले भने, 'कि त पहिले नै गर्नुपर्ने, अहिले आएर दावी गरेर हुँदैन, त्यसो गर्ने हो भने त कुनैपनि विकासका आयोजना बन्न सक्दैनन ।’ उनले यस्तो प्रवृतिले त कुनै पनि गौरवका आयोजना बन्न नसक्ने बताए ।

उनले वास्तविक पीडितले क्षतिपूर्ति पाउनुपर्ने बताउँदै त्यसका लागि यसअगाडी नै मुआब्जा वितरण भइसकेको बताए । स्पर बनाउन नसकिए रिभर ट्रेनिङ्गका ड्याम बनाउने कार्य अगाडी नबढ्ने बताउदै त्यसले निर्माण भइसकेको चार लेनको पक्की पुलमा समेत क्षति हुने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.