धान खरिद गर्दै खाद्य

धान खरिद गर्दै खाद्य

महेन्द्रनगर : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले बुधबारदेखि किसानका धान खरिद सुरु गरेको छ । कम्पनीले कोरोना जोखिमलाई मध्यनजर गर्दै टोकन प्रणालीबाट धान खरिद गर्न सुरु गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरका शाखा प्रमुख तपेन्द्र प्रसाद उपाध्यायले जानकारी दिनुभयो । सरकारले गत असार महिनामै धानको समर्थन मूल्य तोके अनुरूप कञ्चनपुरमा पनि टोकन प्रणालीबाट धान खरिद सुरु गरिएको हो ।

कम्पनीले यस वर्ष कञ्चनपुरमा सात हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ । 'हामीले यसपटक ७ हजार क्वीन्टर धान खरिद गर्ने लक्ष्य लिएका छौं,' शाखा प्रमुख उपाध्यायले भने, 'विगतको तुलनामा यस पटक किसानको चाप धेरै छ ।'

उनले यसपटक सरकारले धानको मुल्य समयमै तोकेको र धानको मुल्य पनि यसपटक राम्रो भएकाले किसानको चाप बढेको बताए । 'विगतका वर्षमा किसानबाट व्यापारीले धान सस्तोमा दरिद गरेर महंगोमा बेच्थे, उनले भने, 'सरकारले यसपटक किसानले उत्पादनको लाभ लिने गरी मुल्य तोकेको छ ।'

उनले बिचौलीयालाई निरुत्साहित गर्न पनि किसानलाई लक्षित गरेर यसपटक खाद्यले धान खरिद गरिरहेको बताए । कम्पनीले विगतमा जिल्लाका अन्य ठाउँमा समेत धान खरिदका लागि केन्द्रहरु स्थापना गर्ने गरेको भएपनि कर्मचारी र भौतिक पूर्वाधारको अभावमा यसवर्ष भने महेन्द्रनगरस्थित कार्यालयमा मात्रै धान खरिद गर्ने जनाएको छ ।

हाल दैनिक ६ सय क्वीन्टल धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले जनाएको छ । सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ३५ रुपैयाँ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँ तोकेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.