चाड पर्वमा अभियान हजुरको मास्क खै ?

चाड पर्वमा अभियान हजुरको मास्क खै ?

दाङ : कोरोनाको महामारी फैलिरहेको र बजारमा लापरबाही पनि अत्यधिक देखिन थालेपछि दाङमा सामाजिक व्यक्ति तथा संघ संस्थाहरुले हजुरको मास्क खै भन्ने अभियान सुरु गरेका छन्। 

कोरोना संक्रमण न्यूनीकरण गर्न र आम नागरिकलाई कोरोना सम्बन्धि सचेतना बढाउन जिल्लाका विभिन्न स्थानमा यो अभियान सञ्चान हुँदै आएको छ। पछिल्लो समय यो अभियान गढवामा केन्द्रित गरिएको छ। त्यस क्षेत्रमा क्रियाशील विभिन्न सरकारी तथा गैर सरकारी संस्थाको अगुवाइमा यो अभियान सञ्चालन गरिएको हो।

जिल्लामा सबै भन्दा पहिले कोरोना संक्रमण देखिएको, भारतमा बढी आवत जावन हुने तथा भारतीय सीमा जोडिएको स्थान दाङको गढवा गाउँपालिका क्षेत्रमा जिल्लामा क्रियाशील २४ वटा सामाजिक संस्थाका आयोजना र नेपाल प्रहरी तथा स्थानीय सरकारको समन्वयमा हजुरको मास्क खै भन्ने अभियानलाई तिव्रता दिइएको छ। 

समुदाय स्तरमा कोरानाको जोखिम उच्च हुदा हुदै पनि आम नागरिकहरुको लापरबाही अत्यधिक रहेको हुदा त्यसलाई न्यूनीकरण गर्न यो अभियानलाई समुदायस्तरसम्म पुर्‍याएर सञ्चालन गरिएको अभियान्तहरुको भनाइ छ। 

हामीले कोरोना संक्रमणलाई कसरी नियन्त्रण गर्न सक्छौ भन्ने सोचका साथ पहिलो चरणमा स्वास्थ्य सुरक्षामा सम्पूर्ण उपायहरु सडकमै सिकाउँदै हजुरको मास्क खै अभियान चलाएका छौँ, अभियान्ता तथा नेपाल रेडक्रस सोसाइटी गढवा उपशाखामा निवर्तमान सभापति मोहन कुमार पाण्डेले भने, ‘नागरिकहरु सचेतगराउने र स्वास्थ्य सुरक्षा अपनाउनु पर्छ भन्ने उदेश्य हाम्रो रहेको छ।’ 

अभियान्ता जया विश्वकर्माले घर र सुमदायसम्म कोरोना पुग्न नदिन सचेतना अभियान चलाएको बताइन्। चाड पर्वको भीडलाई मध्यनजर गर्र्दै आम नागरिकलाई सचेतना र सिकाई दिइरहेको उनले बताइन। यो महामारीमा परिवार र समुदाय बचाउन भन्ने ध्यय हो उनले भनिन, यो अभियानले हात धुने चरणदेखि मास्कको सहिरुपमा प्रयोग सचेतनामुल जानकारी समेत गराइरहेको छ। 

बजारमा लापरवाही भइरहेको वेलाको यो अभियानले सबैलाई सचेत बनाएको स्थानीय दुखहरण यादवले बताए।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.