२४ घण्टामा प्रदेश १ मा ३१५ संक्रमित थपिए : ३५० डिस्चार्ज

२४ घण्टामा प्रदेश १ मा ३१५ संक्रमित थपिए : ३५० डिस्चार्ज

विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

शुक्रबार थपिएकाहरुमा मोरङमा १ सय २३, सुनसरीमा ८९, झापामा ७६, तेह्रथुममा ६, इलाम, धनकुटा र भोजपुरमा ३-३, उदयपुरमा २, ताप्लेजुङ, ओखलढुङ्गा र संखुवासभामा १-१ जना र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २१ हजार १ सय १७ पुगेको छ।

प्रदेश १ मा शुक्रबार ३ सय ५० जना डिस्चार्ज भएका छन्। होम आइसोलेशनबाट ३४३, विराट मेडिकल कलेजबाट ३, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २, न्युरो अस्पताल र जिल्ला अस्पताल धनकुटाबाट १-१ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ४६ पुगेको छ।

प्रदेश १ मा शुक्रबार १ हजार १ सय ९७ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये १ सय ३८ महिला र १ सय ७७  पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। हालसम्म १ लाख ६७ हजार ३ सयको पीसीआर परीक्षण गरीएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.