यसरी छानौं रङ

यसरी छानौं रङ

धादिङका रामकुमार श्रेष्ठको चैत अघि नै ललितपुरमा घर निर्माण सकिएको थियो। रङ लगाउने तयारी गर्दैगर्दा सरकारले लकडाउन घोषणा ग¥यो। लकडाउनले रोकिएको काम तिहार नजिकिँदै गर्दा उनले आफ्नो दुईतले घरमा रङ लगाउने योजना बनाएका छन्।  श्रेष्ठले पेन्ट्स छनोटसमेत गरिसकेका छन्।

तिहारसम्म रङ लगाइसक्ने उनको योजना छ। उनले यसअघि प्रयोग गरेको नेपाली पेन्ट्स इन्डिगो लगाएको र उक्त रङ आफूलाई मन परेको, यसको गुणस्तर र किफायती मूल्यका कारण छनोटमा परेको जानकारी दिए। उनको बुझाइमा नेपाली बजारमा प्रशस्तमा मात्रामा पाइने रङमा जुन उत्पादन आफूलाई मनपर्छ त्यसैको प्रयोग ढुक्कले गर्न सक्नुपर्छ। काभ्रेका विष्णु तिमल्सिना पनि यो वर्षको तिहारमै नयाँ घरमा रङ गर्दैछन्। कुन रङ प्रयोग गर्ने र कस्तो गर्ने भन्ने विषयमा भने आफूले खर्च गर्न सक्ने पैसाका आधारमा निर्धारण गरिने तिमल्सिनाले बताए।

आफ्नो घर रंग्याउन योजना बनाउने धेरैजसो नेपालीको उपयुक्त समय साउनपछि तिहारसम्मको चार महिना नै हुने गरेको छ। यो समय रङ छनोट गर्ने, आफूलाई उपयुक्त समय तय गर्ने र घर रंग्याउने ट्रेन्ड नै बनिसकेको छ। हाल नेपाली बजारमा रङका ४५ वटा कम्पनी छन्। यसको बजार विस्तार हुँदै जाँदा दसैं केन्द्रित व्यापार बढ्ने गरेको छ।

पछिल्लो समय पेन्ट्सको बजार करिब ९५ प्रतिशत बजार यही बजारमै उत्पादन हुने पेन्ट्सको प्रयोग हुन्छ। नेपाली प्रडक्टको गुणस्तर बढेको छ। यसका कारण अहिले गुणस्तरमा विदेशी र स्वदेशी उत्पादन कुन हो भनेर भनिरहनु पर्दैन। दुवै उत्पादन एकै ठाउँमा बन्ने भएकाले गुणस्तरमा सबै नेपाली पेन्ट्स अब्बल मानिन्छ। 

अन्य समयको तुलनामा दसैंलक्षित व्यापार त बढ्ने नै भयो। तर, अहिले काठमाडौंको तुलनामा बाहिर बढी कारोबार हुने गरेको छ। पहिले पाँच, सात वर्ष अगाडि कुल खपतको ७० प्रतिशत काठमाडौं केन्द्रित व्यापार हुने गरेकोमा अहिले त्यो टे«न्ड परिवर्तन भएर ७० बाहिर पुगेको छ। वैदेशिक रोजगारीमा जानेले पठाउने रकम, नयाँ घर बनाउने र रङको प्रयोग गर्ने प्रचलन बढेकाले रङको कारोबार बढ्नुलाई स्वाभाविक रूपमा लिइन्छ। 

चाडपर्वको मौसममा कारोबार बढ्नु सामान्य भए पनि पाँच/सात वर्ष पहिलेको जस्तो दसैं केन्द्रित गरेरै घर रंग्याउने नेपाली संस्कृति भने परिवर्तन हुँदै गएका छ। आर्थिक स्रोत बढेको, अनुकूल समयमा घर रंग्याउन सकिने भएको, जतिबेला चाह्यो उति नै बेला बजारबाट किनेर ल्याइहाल्न सकिने भएकोले अहिले रङ लगाउन दसैं नै पर्खनुपर्ने बाध्यता भने छैन। दसैंको समयमा २० प्रतिशतले अन्य समयको भन्दा कारोबार बढ्ने त गर्छ। यसमा पनि सबैभन्दा बढी प्रयोग काठमाडौं बाहिर हुन थालेको छ।

पछिल्लो समय काठमाडौंभन्दा पनि बाहिर नै रङ प्रयोग बढी हुने गरेको छ। उपत्यका बाहिर बजार बढेकाले भित्र कम प्रयोग भएको हो। कारोबारको हिसाबले र बजारको राम्रो सम्भावना पनि अहिले बाहिर नै बढी देखिएको छ। दसैंको बेला हुने कारोबारमा पनि काठमाडौं बाहिर दसैंतिहारको मौसममा बढी नै हुने गर्छ।

वर्षभरि हुने कारोबारमध्ये साउनदेखि तिहारसम्मको चार महिनामा ५० प्रतिशतभन्दा बढी हुन्छ। बाँकी आठ महिनामा हुने धेरथोर व्यापार अर्को ५० प्रतिशतभन्दा कम हुने गरेको छ। पछिल्लो समय नयाँ घर बनाउने, घर सर्ने, कुनै चाड विशेष, विवाह, व्रतबन्ध, घरमा लगाइने पूजा वा कुनै न कुनै बहाना बनाएर घर रंग्याउने गरेका छन्। यसका कारण पछिल्लो चार, पाँच वर्षदेखि भने जुनसुकै समयमा पनि रङको कारोबार हुने गर्छ।

घरमा प्रयोग हुने रङमा सबैभन्दा पहिले गुणस्तरीय उत्पादनको खोजी हुन्छ। त्यसपछि इमल्सन, टल्कने, साइनिङ दिने, भित्तामा आफूलाई मन पर्ने रङ बदल्ने गरिन्छ। रङ प्रयोगकर्ताले गुणस्तरीय खोज्ने र रङको प्रयोगपछिको सन्तोषलाई पनि बढी महŒव दिने गरेका छन्। पछिल्लो समय बजारमा बिक्री हुने रङ बढी किनबेचका आधारमा ग्राहकले माग्ने तथा व्यापारीले पनि यो रङ उपयुक्त हुन्छ भनेकै आधारमा त्यसको बजार बढ्ने गरेको छ। घरमा रङ लगाउनेमध्ये करिब ३० प्रतिशतले मात्रै यही रङ चाहियो वा यही गुणस्तर भन्दै खोज्ने गर्छन्। 

स्वदेशी रङको बजार
पछिल्लो समय नेपालमा विभिन्न कम्पनीका रङको बजार बढिरहेको छ। नेपालमा अहिले करिब ४५ वटा रङ उत्पादन गर्ने कम्पनी छन्। यसमध्ये करिब आधा दर्जन विदेशी छन् भने बाँकी सबै नेपाली कम्पनीको बजार विस्तार भइरहेको छ।  सहर बस्तीको विकाससँगै नयाँ घर, गाउँ, बस्तीमा नै रङको प्रयोग पनि बढ्ने गरेको छ। यसका कारण व्यक्तिगत नयाँ घर, कोठा, अपार्टमेन्ट, हाउजिङ, होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेसदेखि सार्वजनिक निर्माणका क्षेत्रमा समेत आकर्षक बनाउन रङको प्रयोग हुन थालेको छ। यसलाई ग्राहकको आवश्यकता र चाहनाअनुसार प्रयोग गर्ने गरिन्छ।

पछिल्लो समय नेपालमा रङको प्रयोग बढ्न थालेसँगै यसको बजार पनि बढिरहेको छ। नेपालमा पछिल्लो समय वार्षिक ३० प्रतिशतभन्दा बढीले पेन्ट्सको माग बढिरहेको तथ्यांकले देखाउँछ। काठमाडौंमा हुने नयाँ निर्माण तुलनात्मक रूपमा कम हँुदै गएकोले रङको प्रयोग पनि उपत्यकाभन्दा बाहिर बढी हुन थालेको छ। उपत्यकामा ३० प्रतिशतको बजार हुँदा बाहिर ७० प्रतिशत पुगिसकेको अवस्था हुनु नै अहिले बजार विकेन्द्रीकरण हुनु नै हो।

बजारमा पर्याप्त मात्रामा उत्पादन भइरहेका नेपालमा उत्पादनबाटै माग धान्न सक्ने अवस्था भए पनि बाहिरबाट भित्रिने नयाँ ब्रान्ड, हाइड्रो क्षेत्र तथा विदेशीप्रतिको आकर्षण कम नहुँदा यसलाई रोक्न सकेका छैनन्। अहिले नेपालमा रङको कारोबार वार्षिक १५ अर्ब रुपैयाँभन्दा बढीको हुने गरको छ।

यसरी छानौं गुणस्तर 
ग्राहकले आवश्यकताअनुसार रङको छनोट गर्छन्। घर बाहिरको रङ ७ वर्ष र भित्रका लागि कम्तीमा १० वर्ष ग्यारेन्टी दिएर रङ व्यापारीले विश्वास दिलाउने प्रयास गर्छन्। यसलाई ग्राहकले घरको आकार र बनोटअनुसार सुहाउने रङ छान्न सक्छन्। बढी टिकाउ हुने, आकर्षक तथा टल्कने रङमा नै ग्राहक आकर्षित हुने गरेका छन्।  घरलाई धँुवा, धूलोबाट बचाउन, सिमेन्ट उप्कन नदिन रङको प्रयोग गरिन्छ। रङको मुख्य विशेषता भनेको घरलाई सुन्दर बनाउने हो।

घरलाई राम्रो मात्रै होइन सुरक्षित राख्न पनि रङको प्रयोग गर्नुपर्ने हुन्छ। घरलाई राम्रो तथा चिटिक्क देखाउन रङ प्रयोग हुन्छ। बजारमा पाइने विभिन्न प्रकारका रङको मध्ये गुणस्तर र मूल्य दुवैको दृष्टिले रङको छनोट गर्न सकिन्छ। रङ छनोट गर्दा नाम, ब्रान्ड, प्रचारबाहेक टिकाउ तथा चित्तबुझ्दो पनि हुनुपर्छ। रङलाई प्रयोग नगरी राम्रो र नराम्रो भनिहाल्न सकिन्न। तर, बजारमा तोकिएका डिलर, प्राविधिक, रङ प्रयोग गरेका व्यक्तिसँग पनि सोधपुछ गर्न सकिन्छ। नेपाली रङको गुणस्तर र विश्वसनीयतालाई पनि रङ छनोटको आधार बनाउन सकिन्छ। ग्राहकले आवश्यकता र चाहनाअनुसार रङको छनोट गर्न सक्छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.