प्रदेश १ मा थप ३६४ जनामा संक्रमण, ६२८ डिस्चार्ज
विराटनगर : प्रदेश १ मा सोमबार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन्। सोमबार थपिनेमा मोरङमा १ सय ६३, सुनसरीमा ८६, झापामा ६६, उदयपुरमा १३, धनकुटामा ५, पाँचथरमा ४, इलाममा ३, संखुवासभा, तेह्रथुम, भोजपुर र खोटाङमा २–२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार विराटनगरमा ९६ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामा ४० महिला र ५६ पुरुष रहेका छन्। मोरङको सुन्दरहरैचामा १८, उर्लाबारीमा १४, रतुवामाई, बेलबारी र बुढीगंगामा ५–५, रंगेली, कानेपोखरी र ग्रामथानमा ३–३, कटहरीमा २, सुनबर्षी, जहदा, पथरीशनिश्चरे, केराबारी र लेटाङमा १–१ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजिटिभ आएको छ।
सुनसरीको धरानमा ३४, इटहरीमा ३२, इनरुवामा १०, रामधुनीमा ३, बराहक्षेत्रमा २, हरिनगर, देवानगञ्ज, बर्जु, दुहवी र कोशी गाउँपालिकामा १–१ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
उता झापाको दमकमा २१, विर्तामोडमा १२, गौरादहमा ६, बुद्धशान्ति, मेचीनगर र कचनकवलमा ३–३, कनकाई र अर्जुनधारामा २–२, शिवसताक्षी, गौरीगञ्ज, हल्दिबारी, भद्रपुर र कमल गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ९ जनाको रिपोर्ट पोजिटिभ आएको छ।
उदयपुरको त्रियुगामा ९, चौदण्डीगढीमा ३ र कटारीमा १, धनकुटाको धनकुटा नगरपालिकामा २, महालक्ष्मी, पाख्रीबास र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा ३ र मिक्लाजुङमा १, इलामको चुलाचुलीमा २ र सुर्योदयमा १, संखुवासभाको खाँदबारी र सिलिचोङमा १–१, तेह्रथुमको म्याङलुङ र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर र आमचोकमा १–१, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी र बराहपोखरीमा १–१, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २२ हजार १ सय ९८ पुगेको छ।
प्रदेश १ मा सोमबार ६ सय २८ जना डिस्चार्ज भएका छन्। होमआइसोलेसनबाट ६ सय १७, न्युरो अस्पतालबाट १० र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ जना डिस्चार्ज भएका हुन। हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ८ सय १ पुगेको छ। त्यस्तै सोमबार १ हजार ५ सय ४४ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये १ सय ४४ महिला र २ सय २० पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। हालसम्म १ लाख ७२ हजार ४ सय ९५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।