ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु

दाङ : ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा देउखुरीमा तीन जनाको मृत्यु भएको छ । 

राप्ती गाउँपालिका– ४ मौरीघाटमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । 

मंगलबार राति  ८ बजेतिर उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।   

मृतक तीनै जनाको पहिचान खुल्न सकेको छैन। शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ । शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ । मृतक ३ जनाको टाउकोमा गम्भीर चोट देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.