गोली हानी युवतीको हत्या

गोली हानी युवतीको हत्या

रौतहट : रौतहटको माधवनारायण नपा ५ मा बुधबार राति एक युवतीको गोली हानी हत्या गरिएको छ। सो नगरपालिकाको लौकाहाटोलमा राति ११ बजे घरमा सुतिरहेको अवस्थामा १८ वर्षीया अमृताकुमारी साहको हत्या गरिएको हो।

 
राम अयोध्या साहकी छोरी अमृताको हत्या भएको र अनुशन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घटनाको सुक्ष्मरुपमा अनुशन्धान भैरहेकोले दोषी चाडोभन्दा चाडो पक्राउ पर्ने रौतहटका सिडिओ इन्द्रदेव यादवले बताए।

२०७६ फागुनमा सर्लाही जिल्लामा विवाह भए पनि उनी माइतमा नै बस्दै आएकी थिइन्। अमृताको हत्या भएपछि लौकाहाटोलका बासिन्दा त्रसित बनेका छन्।
उनको सर्लाही  मधुवनगोठका रुपेश साहसँग विवाह भएको थियो। बिहे भएको केही समयपछिबाट नै माइतमा बस्दै आएको बताइएको छ।

मृतक युवतीका श्रीमानलाई पनि अपरचित व्यक्तिहरुले गएको वैशाखमा चक्कु प्रहार गरी घाइते बनाएका थिए। महिनौंको उपचारपछि उनी निको भएको परिवारका सदस्यहरुले जानकारी दिएका छन्।

मृतक युवतीको टाउकोमा गोली लागेको र घटनास्थलमा नै मृत्यू भएको प्रहरीले जनाएको छ। घटनास्थलमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु बिहानै पुगेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.