मास्क लगाउने विवादमा चिकित्सकमाथि कुटपिट

मास्क लगाउने विवादमा चिकित्सकमाथि कुटपिट

दमौली : देवघाटमा मास्क लगाउने विषयमा विवादपछि झडप हुँदा चिकित्सक घाइते भएका छन्। 

बिहीबार बिहान देवघाट घुम्न परिवारसहित गएका बाराका चिकित्सक डा. विकेश पाण्डे मास्क नलगाएको विषयमा भएको विवादको झडपमा परेर घाइते भएका हुन्। 

उनीमाथि देवघाट जाने पुलमा आक्रमण भएको थियो। विवादका क्रममा टाउकोमा बोतल प्रहार भएपछि उनी घाइते भएका हुन्।

पाण्डे पत्नी, आफन्तसहित देवघाट भ्रमणका लागि गएका थिए। आफूमाथि देवघाट उद्योग वाणिज्य संघका अध्यक्ष रोशन श्रेष्ठले कुटपिट गरेको पाण्डेले बताए। 

‘ममाथिकोकको बोतलले प्रहार गरियो,’ उनले भने। आफूमाथि विभेदका शब्द प्रयोग पनि भएको आरोप उनको छ। टाउकोमा चोट लागेर घाइते पाण्डे घर गइसकेका छन्। 

प्रहरीले भने दुवै पक्षबीच सहमति भइसकेको बताएको छ। ‘कुटपिट भएको भनेर निवेदन लिएर आउनुभएको थियो,’ इलाका प्रहरी कार्यालय देवघाटका प्रहरी नायब निरीक्षक उज्वल सिलवालले भने, ‘तर दुवै सहमति गरेर गइसक्नु भएको छ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.