संस्कृति प्रवर्द्धन र विकासका लागि विशेष बजेट व्यवस्था गरेका छौँ : मेयर शाक्य

संस्कृति प्रवर्द्धन र विकासका लागि विशेष बजेट व्यवस्था गरेका छौँ : मेयर शाक्य

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक सांस्कृतिक क्षेत्र हाँडीगाउँको प्रवर्द्धन र विकासका लागि विशेष बजेट व्यवस्था गरेको बताएका छन् ।

काठमाडौं–५ मालीगाउँमा रहेको ऐतिहासिक ध्येः छें: को पुनर्निर्माणका लागि स्थलगत निरीक्षणमा पुगेका मेयर शाक्यले सो क्षेत्रको ऐतिहासिक तथा अनुसन्धानका लागि १ करोड रुपैयाँ व्यवस्था गरेको बताए । 

महानगरपालिकाको तर्फबाट चाँडै सो क्षेत्रका पुरातात्त्विक सम्पदाहरूको अध्ययन अनुसन्धान गरिने समेत उनले बताए । काठमाडौं उपत्यकामा साँखुपछि दोस्रो पुरानो बस्तीका रुपमा रहेको हाँडीगाउँ क्षेत्रमा पुराना मठ, मन्दिर, जात्रा तथा पर्वहरू रहेको भन्दै तिनको संरक्षण तथा प्रवर्द्धन गर्नु आफ्नो दायित्व रहेको धारणा राखे । 

काठमाडौं क्षेत्र नं ५ (क) बाट निर्वाचित वाग्मती प्रदेश सभा सदस्य नारायण सिलवाल, संविधान सभा सदस्य रत्न गुरुङ, वडा नं ५ का अध्यक्ष रमेश डङ्गोलसहित सो क्षेत्रमा पुगेका मेयर शाक्यले मैतीदेवी मन्दिरको खट तथा देउता राख्ने घरको मङ्सिर महिनाभित्र परम्परागत स्वरूपमा निर्माणको शिलान्यास गरिने जानकारी दिए ।  

काठमाडौंको मैतीदेवी मन्दिर गोरखाको प्रसिद्ध मनकामना माई देवीको दिदीको रुपमा लिइन्छ । विभिन्न जात्रा तथा पर्वको अवसरमा मैतीदेवी मन्दिरमा लगिने तथा विभिन्न स्थान घुमाइने खट तथा देउता राख्ने घर ‘ध्येः छें:’ को मङ्सिर महिनाभित्र परम्परागत स्वरूपमा निर्माणको शिलान्यास गर्ने जनाइएको छ । अनुमानित कुल लागत २ करोड ६ लाख रुपैयाँमा निर्माण गरिन लागिएको सो ‘ध्येः छें:’ ९ महिनाभित्र सम्पन्न गरिने लक्ष्य लिइएको छ ।'

स्थानीय सारेकारवालाहरुको उपभोक्ता समिति गठन गरेर भवन बनाउने तयारी भएको प्रदेश सभा सदस्य सिलवालले जानकारी दिए । मालीगाँउमा परापूर्वकालमा देउता तथा खट राख्ने ‘ध्येः छें:’ बनाइएको थियो । सो भवन जीर्ण भएपछि आधुनिक रुपमा पुनर्निर्माण गरिएको थियो । अब भने प्राचीन शैलीमै निर्माण गरिने प्रदेश सांसद सिलवालले जानकारी दिए । सो भवनमा नेवार समुदायले भाइटिका तथा म्ह पूजासमेत गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.