सुप्रिम सहकारी ठगी प्रकरण : थुनछेक बहस सकियो, आदेश लेखिँदै

भैरहवा : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेसमेत विरुद्ध जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दाको थुनछेक बहस सकिएको छ।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा बिहीबारदेखि सुरु भएको मद्दाको थुनछेक बहस आइतबार सकिएको अदालतका श्रेष्तेदार यज्ञमूर्ती ज्ञवालीले बताए। उनले थुनछेक बहसको आदेश आजै आउने बताए।
न्यायाधीश योगीले इजलासको बेन्च सहायकको सहयोगमा आदेश लेखिरहेको स्रोतले बतायो। आइतबार थुनछेकको जवाफी बहसमा जिल्ला सरकारी वकिल कार्यालयको तर्फबाट जिल्ला न्यायाधीवक्ता प्रेमराज पौडेल र जाहेरवालाको तर्फबाट अधिवक्ता रमन कुमार कर्ण गरेका थिए।
उनीहरूले जाहेरी दरखास्तहरू, जीसीएस बैंकिङ सफ्टवेयर प्रणाली, सहकारीको डे बुक, आन्तिरक बैंक भौउचर, बैंक स्टमेन्टलगायत तत्काल प्राप्त प्रमाणहरूको आधार प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा राखेर मुद्दाको प्रक्रिया अगाडि बढाउन आदेशको माग गरेको बुझिएको छ।
त्यस्तै प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गर्दै सहकारी संचालक समितिमा नै नरहेको र अन्यले अपचलन गरेको रकमको जिम्मा आफ्नो पक्षको नहुने भएको लगायत विषय राख्दै साधरण तारेखमा राखेर मुद्दाको पूर्पक्षको आदेशको माग गरे।
प्रतिक्रिया दिनुहोस !
