प्रदेशसभा सदस्य खत्रीलाई कोरोना संक्रमण

प्रदेशसभा सदस्य खत्रीलाई कोरोना संक्रमण

जाजरकोट : कर्णाली प्रदेशसभा सदस्य कौशिलावती खत्रीलाई कोरोना संक्रमण भएको छ । केही दिनअघि रुघाखोकी र ज्वरोले थलिएकी खत्रीको कोरोना पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो । उनीसहित घरका ८ जनालाई कोरोना संक्रमण देखिएको छ।

खत्रीका श्रीमान गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेशका अध्यक्ष खिमबहादुर शाही, उनका छोरी ज्वाँइ, नातीनातिनालगायतलाई कोरोना संक्रमण भएको छ । सामाजिक सञ्जालमा खत्रीले आफ्नो परिवारका सबै सदस्यलाई कोरोना संक्रमण देखिएकोले आफूसँग सम्पर्कमा आएका सबैलाई सजग हुन आग्रह गरेकी छन् ।

उनले आफूहरु जाजरकोट सदरमुकामस्थित घरमा होम आइसोलेसनमा रहेको समेत जानकारी गराएकी छन् । जाजरकोटमा कोरोना संक्रमण बढ्दै गएपनि परीक्षण नगर्दा भित्रभित्रै भुसको आगो झै कोरोना संक्रमण फैलिएको हुन सक्ने स्थानीय शोजन शाक्यले बताए । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.