प्रदेश १ मा एकैदिन ४ सय ४७ डिस्चार्ज, २ सय ७ संक्रमित थपिए
विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश १ बाट ४ सय ४७ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेसबै होम आइसोलेशनका रहेका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार २ सय २६ पुगेको छ।
प्रदेश १ मा शुक्रबार २ सय ७ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ७१, सुनसरीमा ५७, संखुवासभामा ३४, झापामा २८, तेह्रथुम र उदयपुरमा ३-३, इलाम र धनकुटामा २-२ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मोरङको विराटनगरमा ५०, रतुवामाई र रंगेलीमा ५-५, ग्रामथान, कटहरी, सुन्दरहरैचा, केराबारी, बेलबारी र सुनबर्षीमा १-१ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ।
सुनसरीको धरानमा ३८, इटहरीमा १४, इनरुवामा ३, बराहक्षेत्र र कोशी गाउँपालिकामा १-१, संखुवासभाको खाँदबारीमा ३२, मकालु र सिलिचोङमा १-१, झापाको दमक र बिर्तामोडमा ५-५, गौरादह, भद्रपुर, अर्जुनधारा र मेचीनगरमा ३-३, कनकाईमा २, बुद्धशान्ति, हल्दिबारी र कमल गाउँपालिकामा १-१ र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
उता ते¥हथुमको म्याङलुङमा ३, उदयपुरको चौदण्डीगढीमा २ र उदयपुरगढीमा १, इलामको इलाम नगरपालिका र सुर्योदयमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा २, र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २४ हजार ९४१ पुगेको छ।
प्रदेश १ मा शुक्रबार ७ सय ७४ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ७६ महिला र १३१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म १ लाख ८२ हजार १ सय ३७ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।