भीरमौरीको महमाथि शिकारीको निशाना ! (फोटो फिचर)

भीरमौरीको महमाथि शिकारीको निशाना ! (फोटो फिचर)

बेँसीसहर : कहाली लाग्दो बडेमाको भीर। हेर्दै टोपी खस्ने छङ्गाछुर ठाडो भीरको कापाहरूमा लहरै रहेका भीरमौरीका गोलाहरू। 

लमजुङका विभिन्न ठाउँका स्थानीय यतिबेला भीरमा रहेका भीरमह शिकार गरिरहेका छन्। मंसिर महिना मह शिकारका लागि उपयुक्त समय हो। यही मौका नचुकाउन स्थानीयहरू पहरामा रहेका भीर मौरीको शिकार गरिरहेका छन्।

यसरी गरिन्छ शिकार

महशिकार गर्नुपूर्व भीरमौरी रहेको पहराको सिरानमा वनदेवताको पूजा गर्ने गाउँले परम्परा छ। पुजाको काम सकिएपछि मध्यान्हमा लुठा (बाबियोको डोरीमा काठको डण्डी बाँधेर बनाइएको भर्‍याङ) सहितको डोरी, टाँगा र डालो लिएर महशिकारीहरू जङ्गलको पहरातिर लाग्छन्। 

मौरी रहेको भीरको किनारमा एक समूहले चिसो र काँचो स्याउला बालेर धुवाँको मुस्लो निकाल्छन्। अनि भीरका चट्टानमा रहेका दर्जनौ गोलाका लाखौं भीरमौरीहरू गोलै छोडेर भुन्भुनाउन थाल्छन्। आफ्नो टाउकै वरिपरी अरिङ्गाल जत्रा मौरीहरू भुन्भुनाउँदा पनि न शिकारी आत्तिन्छन् न त सहयोगीहरू नै।

त्यति अग्लो छङ्गाछुर भीरमा लुठा गाँसेको सय हातको डोरी मौरीको गोलामै ठोस्सिने गरी झुन्ड्याइन्छ। अनि त्यसैमा अडिएर शिकार खेल्न थाल्छन् महशिकारीहरू।  

भीरको सिरानमा रुख र खम्बा गाडेर डोरी बाँधिन्छ। दुईवटा डोरीमा लुठा गाँसिन्छ र डोरी झारिन्छ। डोरीको भर्‍याङमा सिरान, बिच र पुछारमा गरी ३ जना महशिकारीहरू रहन्छन्। 

काँचो स्याउलाको धुँवाले अत्तालिएर मौरी भाग्न थालेपछि डोरीको भर्‍याङको पुछारमा रहने शिकारीले डोरीमा झुन्ड्याइएको डालोलाई निगालोको टाँगाले मौरीको चाका नजिक लैजान्छन् र बिचमा रहेका शिकारीले चाकालाई धारिलो टाँगाले काट्न थाल्छन्। शिरानमा रहेका अर्का शिकारीले डालोमा झरेको चाका तानेर लैजाने गर्छन्। 

तीन खण्डमा रहने मौरीको चाकामा सिरानमा मह, बिचमा मौरीको दिसा र पुछारमा बच्चा रहने मस्र्याङ्दी गाउँपालिका–२ का अध्यक्ष एवं महशिकारी शंकर गुरुङले बताए। गुरुङका अनुसार पहिला बच्चा र दिसा भएको भाग दाबिलोले घोचेर माथि लगिन्छ अनि बल्ल मह काढ्न सुरु हुन्छ। 

डोरीको भर्‍याङमा हल्लिरहेका महशिकारीहरूलाई फेदमा बसेका अन्य सहयोगीहरूले इसारा गर्ने गर्दछन्। इसाराका लागि डोरी हल्लाउने र ‘कोइतेव–कोइतेव’ (घोच–घोच), ‘तोचन–तोचन’ (माथि लैजाउ) भन्ने गर्दारहेछन्। र शिकारीहरू पनि सोही अनुसार काम गर्ने गर्छन्। 

पर्यटक आकर्षण
‘हनी हन्टिङ’ अर्थात् महशिकार आजभोलि पर्यटकका लागि नौलो र आकर्षणको विषय बन्दै गएको छ। महशिकार गर्ने प्रचलन धेरै पुरानो रहेपनि पर्यटक आकर्षकका लागि ‘हनि हन्टिङ फेस्टिवल’ का रुपमा पहिलोपटक २०६३ सालमा लमजुङको ताघ्रिङस्थित काप्रेभीरमा गरिएको थियो। त्यसपछि धेरै गाउँहरूमा पर्यटक आकर्षणका रुपमा महशिकार हुने गरेको थियो।

विश्वमै विरलै हुने यस प्रकारको महशिकार लमजुङको भीर पहराहरूमा गरिदै आइएको छ। लमजुङको घनपोखरा,  सिउरुङ, ताघ्रिङ, भुजुङ, दूधपोखरी, बन्सार, ढोडेनीलगायतका स्थानमा हरेक वर्ष भीरमौरीको शिकार गरिन्छ। 

आङै सिरिङ्ग हुने भीरमा निडरका साथ महशिकारीहरूले मह काढेको अत्यन्तै रमणीय दृश्य  कहिल्यै नदेखेकाहरूका लागि अविस्मरणीय र रोचक हुने गर्छ। तर, विश्वभर फैलिएको कोरोना महामारी कारण यसवर्ष भने पर्यटक आउन पाएका छैनन्।

तस्बिरमा हेर्नुहोस् भीरमाैरीको मह शिकार :


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.