फिल्मलाई युट्युबको साथ

फिल्मलाई युट्युबको साथ

काठमाडौं : कोरोना भाइरसका कारण बन्द भएका व्यापारिक क्षेत्र बिस्तारै चल्मलाउँदै गए पनि सरकारले फिल्म हल खोल्ने अनुमति भने दिएको छैन। फिल्मकर्र्मी हल सञ्चालनका लागि सरकारी आदेशको पर्खाइमा छन्। हलमा गएर फिल्मको स्वाद लिन नपाएका दर्शक नयाँ फिल्मको प्रतीक्षामा छन्। यसका कारण पनि युट्युबमा रिलिज भएका पुराना फिल्मले दर्शकको उल्लेख्य साथ पाएका छन्। पछिल्लो दुई हप्तामा ६ वटा नेपाली फिल्म युट्युबमा सार्वजनिक भए। यीमध्ये ‘ए मेरो हजुर ३’, ‘साइँली’ र ‘प्रसाद’ दर्शकको मन जित्न सफल भए। ‘दाल, भात तरकारी’, ‘मन्त्र’ र ‘कुम्भकर्ण’ले औसत भ्युज पाएका छन्। 

ए मेरो हजुर ३ सार्वजनिक भएको दुई हप्तामा करोड क्लबमा प्रवेश गर्ने लाइनमा छ। त्यस्तै तीन दिनअघि युट्युबमा रिलिज भएको प्रसाद टे«न्डिङमा छ। एक हप्ताअघि सार्वजनिक साइँली करिब ४० लाख दर्शकले हेरेका छन्। 

प्रसाद फिल्ममा क्षेत्रीकी छोरी परियार थरको बाबुरामसँग भागेर बिहे भएपछिको कथा छ। विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेतको मुख्य भूमिका रहेको फिल्ममा जातीय छुवाछूत र निःसन्तान दम्पतीको कथा उठाइएको छ। व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल यो फिल्म दर्शकको माया पाउन सफल छ। फिल्ममा विपिन र नम्रता श्रीमान्–श्रीमतीका रूपमा छन्। उनीहरूको बच्चा हुँदैन। निश्चल बस्नेत नकारात्मक भूमिकामा छन्। बलात्कारबाट जन्मिएको बच्चालाई प्रसादका रूपमा स्वीकार गरेर समाजमा नौलो प्रयोग गर्न सफल छ फिल्म। फिल्म सामाजिक सन्देश दिन सफल छ। फिल्म निर्माण टिम यसको सिक्वेल बनाउने तयारीमा छ। 

यस्तै सुपरस्टार गायकसँग गहिरो प्रेममा परेकी युवतीको प्रेमकथामा आधारित फिल्म हो, ए मेरो हजुर ३। यो फिल्म व्यावसायिक रूपमा सफल छ। सुहाना थापाले डेब्यु गरेको यो फिल्ममा उनको जोडी अनमोल केसीसँग बाँधिएको छ। रोमान्टिक प्रेमकथामा उनिएको फिल्ममा अनमोल सुपरस्टार गायकको भूमिकामा छन्। यस्तै पारिवारिक मिलन, झगडा र असहमतिका कथाव्यथालाई दाल भात तरकारीले बोक्छ। वैदेशिक रोजगारीले निम्त्याएको समस्यालाई साइँलीले समेटेको छ। 

फुर्सदको समयमा फिल्म हेर्ने दर्शकलाई यी फिल्मले राम्रै खुराक पस्किएका छन्। कोरोना महामारी देखिनासाथ फिल्म हल बन्द भए। लकडाउनमा घरभित्रै थुनिएका धेरै मानिसले फिल्मलाई नै समय कटाउने माध्यम बनाएका थिए। आम मानिसदेखि सेलिब्रिटीसम्मले सामाजिक सञ्जाल, इन्टरनेटको प्रयोगमा आफूलाई व्यस्त बनाए। पछिल्लो समय कलाकारका लागि युट्युब नै दर्शकसँग जेडिने माध्यम बन्दै गएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.